विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले वरिष्ठ भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

पोखरेलको १३ औँ दिनको पुण्यतिथिका अवसरमा शनिबार विराटनगरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले स्वर्गीय पोखरेल बहुमुखी प्रतिभाका धनी हुनुका साथै धेरै भाषाका विज्ञ भएको स्मरण गरे ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वर्गीय पोखरेलले देखाएको बाटोमा हिँड्न सके मात्रै पोखरेलप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

सडकको नाम बालकृष्ण मार्ग
त्यस्तै, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको ट्राफिक चोकदेखि नीलसदनसम्मको सडकको नाम ‘बालकृष्ण मार्ग’ राखिने बताए । उनको नाममा स्मृतिग्रन्थसमेत प्रकाशित गरिने पराजुलीले बताए ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले भाषाशास्त्री पोखरेलले नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताए । सभामा प्राडा टङ्क न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, इन्दिरा रिजाल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, मीनकुमार नवोदितलगायतले भाषाशास्त्री पोखरेलको नाममा प्रतिष्ठान गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

balkrishana pokrel smriti sabha  (1)