इटहरीः आजदेखि देशभर राष्ट्रिय शहीद सप्ताह शुरु भएको छ ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

देशभर निर्माण भएका शहीद स्मारक, उद्यानलगायत स्थलमा विभिन्न कार्यक्रमको आयोजना गरी तीनै तहका सरकारले दिवस मनाउने कार्यक्रम रहेको बताइएको छ ।