इटहरीः विगतका वर्षको तुलनामा यस वर्ष कम चिसो भएको अनुभव गरिएको छ । तर, बिस्तारै पश्चिम नेपालबाट पूर्वी क्षेत्रमा चिसो सर्दै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार रातिदेखि पश्चिम नेपाल र काठमाडौं वर्षा शुरु भएको र सो वर्षा पूर्वी क्षेत्रतिर सरिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी र तराई क्षेत्रमा हलका वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने क्रम पश्चिमबाट पूर्वतर्फ सरिरहेको छ । शुक्रबार रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना पूर्वी क्षेत्रमा भन्दा पनि पश्चिमी क्षेत्रमा धेरै हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।