सुनसरी:सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामानहरू नियन्त्रणमा लिएको छ ।
भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-२ स्थितमा यात्रुबाहक म्याजिकलाई चेकजाँच गर्दा भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू.१,६९,२००।– (एक लाख उन्नसत्तरी हजार दुई सय रुपैँया) बराबरको लत्ता कपडाहरू नियन्त्रणमा लिइएको हो ।
अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू. ४५,०००।– (पैतालिस हजार रुपैँया) बराबरको लत्ता कपडाहरू र इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-३ स्थितबाट भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू. ३१,२०० /- (एकतिस हजार दुई सय रुपैँया) बराबरको लत्ता कपडाहरू र अ.म.रु. १०,०००। (दस हजार रुपैया) बराबरको चिनी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय पठाउने तयारी भईरहेको छ ।




















