दुहबीः  सुनसरीको दुहबी नगरपालिका–५ स्थित ६ लेन कोशी राजमार्ग छेउ, इलाका प्रहरी कार्यालय (थाना) जाने बाटोमा रहेको श्री गणेश भगवान्को मूर्ति लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ।


धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिर तथा मूर्तिको संरक्षण र पुनःनिर्माणमा स्थानीय निकाय तथा सम्बन्धित सरोकारवालाको पर्याप्त ध्यान पुग्न सकेको छैन।


गणेश चतुर्थीको पावन अवसरमा मंगलबार हिन्दू युवा संघको विशेष पहलमा जीर्ण अवस्थामा रहेको मन्दिर परिसरमा सरसफाइ गरी विशेष पूजा–आराधना गरिएको छ। संघका प्रतिनिधि तथा स्थानीय श्रद्धालुहरूको सहभागितामा गणेश भगवान्को विधिपूर्वक पूजा–अर्चना गरिएको हो।

WhatsApp Image 2026-09-14 at 19.15.10


कार्यक्रममा विश्व हिन्दू परिषद् युवा विभाग दुहबीका पंकज हलुवाई, चन्दन बैठा, अभिषेक, जीवन साह, दीपक पोदार, राहुल रौनियार र चन्दन साहलगायतको सहभागिता रहेको थियो।


धार्मिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले जीर्ण अवस्थामा रहेको उक्त गणेश मन्दिर तथा मूर्तिको संरक्षण र पुनरुत्थानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।


हिन्दू युवा संघले गणेश चतुर्थीका अवसरमा गरेको सरसफाइ तथा पूजा–आराधनाले धार्मिक सम्पदाको संरक्षणप्रति स्थानीयस्तरमा पुनः चासो बढाएको सहभागीहरूले बताएका छन्।

WhatsApp Image 2026-09-14 at 19.15.15