काठमाडौँः  वित्तीय अनुुशासन कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन् । मुलुक संवैधानिक रूपमा सङ्घीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको नौ वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन् ।

आन्तरिक आयको न्यूून स्रोत, कर र सेवा शुुल्कको पर्याप्त राजस्व सङ्कलन हुुन नसक्नुु, सङ्घीय र प्रदेश सरकारको अनुुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने कारण बनेका छन् । स्थानीय तहले तलब, भत्ता, बैठक खर्च, सवारी, इन्धनलगायत प्रशासनिक क्षेत्रमा बढी खर्च गरिरहे पनि आयस्रोत भने दिगो बन्न सकेको छैन । आर्थिक वर्षको अन्त्यतिर सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समानीकरण अनुुदान कटौतीले समेत स्थानीय सरकार आर्थिक रूपमा सबल हुन नसकेको सम्बद्ध अधिकारीको भनाइ छ । 

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटा सङ्घीय सरकारले प्रदान गर्ने समानीकरण अनुदान हरेक वर्ष घट्दै गएकाले स्थानीय तह आर्थिक रूपमा कमजोर बनेको बताउछन् । प्राप्त स्रोत घट्दै गए पनि खर्चको स्रोत भने स्थानीय तहमा बढ्दै गएका छन् । उनका अनुसार गाउँ र नगर सभाले उपलब्ध स्रोतभन्दा धेरै योजना छनोट गरिरहेका छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।