मोरङ : मोरङको सुन्दरहरैंचा–४ बाँसबारीमा अटोवेज प्रा.लि.को नयाँ शाखा सञ्चालनमा आएको छ। पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटोवेजले कोशी प्रदेशका ग्राहकलाई लक्षित गर्दै आफ्नो नवौँ शाखा विस्तार गरेको हो।

नयाँ शाखाको उद्घाटन नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष भीम घिमिरे र नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका महासचिव देवराज तामाङले संयुक्त रूपमा रिबन काटेर गर्नुभयो। कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय सहभागिता थियो।

नेपालका लागि बुल मसिन इण्डियाको आधिकारिक वितरक रहेको अटोवेजले विगत पाँच वर्षदेखि निर्माण उपकरणको बिक्री, वितरण र बिक्रीपछिको सेवा दिँदै आएको छ। सन् २००२ देखि अटोमोबाइल तथा निर्माण उपकरण क्षेत्रमा सक्रिय कम्पनीले गुणस्तरीय सेवा र विश्वसनीयतालाई आफ्नो पहिचान बनाएको जनाएको छ।

33 1अटोवेजकी सञ्चालक सन्ध्या पौडेलका अनुसार बाँसबारी शाखाबाट सुनसरी, मोरङ, झापा तथा आसपासका पहाडी जिल्लाका ग्राहकलाई सेवा दिइनेछ। शाखाबाट ४५ एचपीदेखि १०० एचपी क्षमतासम्मका ब्याकहो लोडर, लोडरलगायत बुल मसिनका निर्माण उपकरण बिक्री तथा वितरण गरिनेछ।

“ग्राहकलाई छिटो, छरितो र भरपर्दो सेवा दिने उद्देश्यले शाखा विस्तार गरेका हौँ,” पौडेलले भनिन्, “मेसिन बिक्रीसँगै स्पेयर पार्ट्स र बिक्रीपछिको सेवामा पनि हाम्रो विशेष ध्यान छ।” कम्पनीले जुनसुकै भौगोलिक क्षेत्रमा सहज सेवा पुर्‍याउने उद्देश्यले २४ घण्टे ‘र्‍यापिड एक्सन टिम’ परिचालन गर्ने तयारी समेत गरेको छ।

अटोवेजका सेल्स हेड डिल्लीराम तिम्सिनाले नयाँ शाखाले कोशी प्रदेशको निर्माण, पूर्वाधार र औद्योगिक क्षेत्रमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। शाखा उद्घाटनकै दिन पहिलो बुल मसिन बिक्री भएको कम्पनीले जनाएको छ।

22