इटहरीः कम्युनिष्टको गढ मानिएको झापा जिल्लामा रास्वपाले क्लिन स्वीप गरेको छ ।
वैकल्पिक राजनितिक शक्तिका रुपमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा २१ सिट हासिल गरेको रास्वपाले झापाका ५ वटै निर्वाचन क्षेत्रमा भारी मतान्तरले एमाले र राप्रपाका उम्मेदवारलाई पराजित गर्दै क्लिन स्वीप गरेको हो ।
यो जिल्लाबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व सभामुख देवराज घिमिरे लगायत हेभीवेट नेताहरुले उम्मेदवारी दिएका थिए । ओलीलाई बालेनले र घिमिरेलाई पूर्व उपसभामुख रास्वपाकी इन्दिरा राना मगरले भारी मतान्तरले पराजित गरेका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकै निशा डाँगी विजयी भएकी छन् । उनले एमालेका रामचन्द्र उप्रेतीलाई पराजित गरेकी हुन् । झापा ३ बाट राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लि देनलाई पराजित गर्दै रास्वपाका प्रकाश पाठकले विजय हासिल गरेका छन् । झापा ४ बाट एमालेका एलपी साँवा लिम्बूलाई रास्वपाका शम्भुप्रसाद ढकालले विजय हासिल गरेका छन् । २१ गतेको निर्वाचनमा झापाबाट एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका हेभी वेट उम्मेदवारहरुले नमज्जाको हार बेहोर्नु परेको छ ।




















