प्रेम बास्तोला

इटहरीः उम्मेदवार छनौटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आवश्यक कार्य नै नथालेको अवस्थामा सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा आकाक्षीहरुले आ आफ्नो तरिकाले उम्मेदवारी दावी गर्दा उनीहरु बीचको विवाद सतहमा आएको छ । 

पछिल्लो समय काठमाडौंका मेयर बालेन शाह रास्वपमा आएपछि देशभरी नै रास्वपाको चर्चा चुलिएपछि सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि मतदाताहरुमा एक खालको उत्साह छाएको बेला रास्वपाका दुई नेताहरु बीच उम्मेदवारीका बिषय विवाद सतहमै आएको हो । 

पार्टीका केन्द्रिय सदस्य समेत रहेका यसअघि रास्वपाबाट सामानुपातिक कोटामा संंसाद भएका अशोक चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यहि आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी रहने दावी सहित एउटा भिडियो बनाएर पोष्ट गरेका थिए । 

उनले सो भिडियोमा आफुले निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारीको दावी गर्नुको कारण सहित आफ्ना धारणाहरु राखेका थिए । चौधरीको सो भिडियो उनकै फेसबुक पेंज मार्फत अपलोड भएको केही दिनमै  भित्र भित्र सोही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारी थालेका सोही पार्टीका प्रदेश महासचिव लालबिक्रम थापाले आफ्नो फेसबुकमा लामो स्टाटस लेखेर पार्टीलाई पुर्याएको योगदान, नैतिकता, विधि र प्रकृयाको सवाल उठाउँदै आफुखुसी जथाभावी उम्मेदवार घोषणा गर्दै हिँड्ने अधिकार नै नभएको भन्दै आपत्ति जनाएका थिए । उनले इटहरी २ का मतदाताहरुको जनभावना विपरित कार्य गर्ने अधिकार कसैलाई नभएको दावी समेत गरेका छन् । 

WhatsApp Image 2026-01-15 at 08.39.09

पुष ३० अर्थात हिजो रास्वपाको इटहरी उपमहानगरपालिका समितिले लालबिक्रम थापा बाहेक अरुलाई सुनसरी २ बाट उम्मेदवारी बनाए पार्टीले नराम्रो क्षति बेहोर्ने दावी सहित थापा र्निविकल्प उम्मेदवार भएको दावी सहित पार्टीका सुनसरी कार्यवाहक सभापतिलाई सम्बोधन गरेर उम्मेदवारी सिफारिस गरेपछि विवाद थप बढेर गएको छ । इटहरी निवास अशोक चौधरी लगायत अन्य आंकाक्षी रहेपनि थापाको नाम मात्र सिफारिस गरेपछि आंकाक्षी र कार्यकर्ताहरु इटहरी उपमहानगरपालिका समितिका पदाधिकारीहरु प्रति रुष्ट भएका छन् । 

थापा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनी एमालेका भिमप्रसाद आर्चायसँग थोरै मतअन्तरले पराजित भएका थिए । 

WhatsApp Image 2026-01-15 at 08.39.09 (2)

अघिल्लो निर्वाचनमा झिनो मतअन्तरले पराजित भएका थापाले पार्टी भित्र रहेर निरन्तर गुटबन्दी गरेर पार्टीमा क्रियाशिल राम्रा नेताहरुलाई बिभिन्न बहानामा कारवाही गरेका कारण विवादमा तानिएका थिए । त्यती मात्रै होइन, थापा सहितको समूहले इटहरीकै जनता माध्यामिक विद्यालयको जग्गा भाडा लिएपछि ८० लाखबढी भाडा नतिरि अनियमितता परेपछि उनको कार्यशैली र आर्थिक अनुशानप्रति गम्भिर प्रश्न उठेको थियो । थापाकै कारण रास्वपाका धेरै असल नेता कार्यकर्ताहरुले पार्टी परित्याग समेत गरेका थिए । पार्टीको केन्द्रिय नीति विपरित चन्दा रसिद छापेर पैसा उठाई हिसाब किताब हालसम्म स्पष्ट नपारेको बिषय पनि बिभिन्न संचारमाध्यममा आएका थिए । 

उनी सहितको समूहले जनता माध्यामिक विद्यालयको जग्गा भाडा लिएको प्रकरणमा उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । उजुरी परेपछि उनी लगायत इटहरी उपमहानग।पालिकाको शिक्षा महाशाखा प्रमुख समेतलाई बयान लिएर अख्तियारले छानविन प्रकृयालाई अगाडि बढाएको छ । उनी विरुद्धको सो मुद्धा अख्तियारमा यसबेलापनि विचारधिन अवस्थामै रहेको छ । सो बिषयमा इटहरी उपमहानगरपालिकामा समेत उजुरी परेको छ । तर त्यस उजुरीमा हालसम्म इटहरी उपमहानगरपालिकाले कुनै ठोस निर्णय नै लिन सकेको छैन् । 

WhatsApp Image 2026-01-15 at 08.39.10

WhatsApp Image 2026-01-15 at 08.39.09 (3)

थापाले आफु नरहेको सनमुन प्लाजा कम्पनीमा आफुलाई जोडेर बिभिन्न निकायमा उजुरी दर्ता गरि आफ्नो राजनिति सक्ने दाउमा पार्टी भित्रकै केही नेता कार्यकर्ताहरु लागि परेको दावी गर्दै आएका छन् । आफुसँग सरोकार नै नभएको बिषयमा बारम्बार नाम जोडेर विवादित बनाउने काम मात्र गरेको थापाले भन्दै आएका छन् । उनले आफुले सबै दायित्व सहित आफ्नो शेयर अरुलाई दिएको बताउँदै आएका छन् । स्रोतका अनुसार उनले पार्टीको थप कारवाहीबाट जोगिन नाताले आफ्नै साली पर्नेका नाममा शेयर बिक्री गर्ने कागज मात्र बनाएका छन् । सोही प्रकरणमा थापालाई पार्टीले केही समयका लागि निलम्बन समेत गरेको थियो । तर, भाडा तिर्ने शर्तमा उनको निलम्बन पार्टीको केन्द्रिय समितिले फुकुवा गरेको थियो । थापाले पछिल्लो समयसम्म तीनवटा कोठाको भाडा उठाउँदै आएका थिए । 

भाडा अख्तियार र इटहरीको शिक्षा महाशाखामा उजुरी दर्ता गर्दा समेत भाडा नतिरेपछि जनता माध्यामिक विद्यालयले गत पौष २४ गते जिल्ला अदालत सुनसरीमा सनमुन प्लाजा विरुद्ध भाडा असुल गरि घर खाली गराई पाउँ भनी मुद्धा दर्ता गरेको विद्यालयका प्राधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । 

आफ्नो आधिकारिक फेसबुक पेंजबाट सुनसरी २ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका चौधरी सांसद हुँदा इटहरी उपमहानगरपालिका भित्रका केही सार्वजनिक चासोका बिषयहरुमा अनुचित फाइदा उठाएको चर्चा इटहरीमा छ । नगरबस खरिद प्रकरण, इटहरी अस्पतालभित्रको फार्मेसी संचालनमा जनप्रतिनिधिहरुको भित्री लगानी र मासिक रुपमा रकम बुझाउँदै आएको बिषयमा स—प्रमाण दिँदासम्म कारवाही गर्ने निकायमा उजुरी नदिई संलग्नहरुसँगै साँठगाँठ गरेको आरोप लगाउँदै आइएको छ । त्यती मात्रै होइन, जनता बहुमुखी क्याम्पस जमिनमा बनाइएको थारुसभा हलमा निर्माणताका अनुचित फाईदा लिएको आरोप समेत लगाइदै आइएको छ । 

WhatsApp Image 2026-01-15 at 08.39.09 (1)

चौधरीले आफुले इटहरीको नगरबस खरिद प्रकरण भएको अनियमितताको बिषय संसदमा खरो ढंगले उर्ठाको बताए । अस्पताल भित्र कानुन विपरित संचालन गरिएको फार्मेसी र त्यसको लगानीको बिषयमा थप केही प्रमाण जुटाएर सम्बन्धित निकायमा जाने तयार हुँदा हुँदै जेनजी आन्दोलनका कारण तत्काल अगाडि बढ्न नसकेको चौधरीको दावी छ । 

उम्मेदवार दावीबाटै विवाद सृजना भएपछि काठमाडौं पुगेका चौधरीले ढिलोमा माघ ४ गतेसम्ममा उम्मेदवारहरुको नाम पार्टीले टुङ्गो लगाईसक्ने बताए । उनले दावी त इच्छा हुने जति सबैले गर्न पाउने बताए । पार्टीले पनि उम्मेदवार छनौटका लागि आवश्यक विवि,प्रकृया र मापदण्ड बनाएकाले सोही अनुरुप नै निर्णय हुने हुँदा यसमा विवाद गर्न जरुरी नै नभएको बताए । उनले सुनसरी निर्वाचन क्षेत्र नम्बरबाट आंकाक्षी उम्मेदवारहरु अरुपनि भएको अवस्थामा एक जनाको मात्र नाम जिल्लामा सिफारिस गर्नुको कुनै अर्थ नरहने बताए । के कति कारण त्यसरी एक जनाको मात्र नाम सिफारिस गरिएको हो ? त्यस बिषयमा पनि पार्टीको केन्द्रिय समितिले छानविन गर्ने र दोषी देखिए कारवाहीसम्मको निर्णय लिन सक्ने चौधरीले बताए । 

काठमाडौं नै रहेका लालबिक्रम थापाले आफुले सांकेतिक रुपमा मात्र सुनसरी २ बाट उम्मेदवारको दावी गरेको बताए । अरुले जस्तो गरि खुलेरै पार्टी नीति विपरित आफुखुसी उम्मेदवार घोषणा गर्दै आफु नहिँडेको थापाले बताए । 

थापाले भनेर्—पार्टीले कसैलाई पनि उम्मेदवार बनाएको छैन् । साथीहरु म उम्मेदवार भन्दै घोषणा गर्दै हिँड्दै जाँदा नजिर राम्रो बस्दैन । तल्लो तहका नेता कार्यकर्ताहरुले भन्दा त ठिकै हो तर केन्द्रिय सदस्य जस्तो पदमा रहेका साथीहरुले पार्टीको नीति विपरित घोषणा गर्दै हिँडेपछि पार्टीको नीति,विधि र प्रकृयाको बारेमा मात्र सामाजिक सञ्जालमा धारणा राखेको हो ।’

थापाले उम्मेदार छनौ्रटमा आफु कसैसँग विवाद गर्ने पक्षमा नरहेको बताए । पार्टीको केन्द्रिय समितिले उम्मेदवार छनौट जे जस्तो निर्णय गर्छ त्यो निर्णय स्वीकार गरि पार्टीलाई जिताउन लागि पर्ने उनले बताए । उनले भनेर्—म राम्रोसँग राजनिति बुझेर हिँडेको मान्छे हो । पार्टीमा योगदान गरेपछि आंकाक्षा राख्नु स्वाभाविक हो । मलाई पार्टी र जनताले न्याय गर्छ नै भन्ने लाग्छ । यदि गरेन भनेछ भनेपनि मेरो समय आउला भन्ने सोच राखेर बस्ने मान्छे हुँ म ।’