उदयपुरः नेपाली सेनाले ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण र संबद्र्धनमा जुटदै उदयपुरमा रहेको दुई गढीलाई जोड्ने पाँच दिने पदयात्रा ३०४ औं पृथ्वी जयन्तीका दिन आईतवार सम्मान गरिएको छ । बोक्सेस्थित पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढीबाट चौदण्डीगढी सम्मको ९७ किलोमिटर दोश्रो संस्करणको पदयात्रा चौदण्डीगढीमा आईतवार बिशेष कार्यक्रम गरि सम्मापन गरिएको हो ।
नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा प्रत्येक वर्ष गर्दै ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको नेपाली सेनाले जनाएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबसको अबसर पारेर नेपाली सेनाले गत पुस २३ देखि सुरु गरेको पदयात्रा २७ गते ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको ९७ किलोमिटर महाभारत पदयात्रा पुरा गरेको हो ।
ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउन नेपाली सेनाले पदयात्रा आयोजना गरेको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजजंग काकीले जानकारी दिए । पद यात्रामा सहभागी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र यात्रामा सहभागीता रहेको थियो । २३ गते देखि सुरु भएको पद यात्रा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबसका दिन ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पदयात्रा समापन गरिएका हुन । नेपाली सेनाले स्थानीय तहहरुसंगको समन्वय तथा सहकार्यमा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै भाबी पुस्ताहरु माझ इतिहासको जानकारी गर्न र राष्ट्रिय एकतालाई थप मजबुत बनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको जनाए ।
सेनाले पूर्खाहरुको गौरवपूर्ण इतिहासको सम्मान तथा ऐतिहासिक गढी किल्लाहरुको संरक्षण गर्नु तीन तहको सरकारको दायित्व रहेकाले यस किसिमको कार्यक्रमले गढी किल्ला तथा पदमार्गहरुको ऐतिहासिक महत्व दर्शाउनको लागि यस किसिमको कार्यक्रमले टेवा पु¥याउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेना श्री नं १८ बाहिनी अड्का भुल्के ब्यारेकका बाहिनीपति सहायक रथी बिमलकुमार बस्नेतले जानकारी दिए ।
राष्ट्रिय एकताको भावना जागृत गर्दै ऐतिहासिक गढी, किल्ला र युद्ध स्थल तथा धरोहरहरुको संरक्षण तथा संबद्र्धन गर्ने कार्यको निरन्तरता स्वरुप उदयपुरका गढीहरु र पर्यापर्यटनको विकासको लागि पदयात्रा आयोजना गरिएको नेपाली सेना श्री नंं १८ बाहिनी अड्डा भुल्के ब्यारेकका बाहिनीपति सहायक रथी बस्नेतको भनाई रहेको छ । पदयात्राबाट आउने टोलीलाई त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत र चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले चौदण्डीगढीमा स्वागत गरेको थियो ।
नेपाली सेनाको पशुपति प्रसाद गण सहित त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा विभिन्न रचनात्मक कार्यहरु सहित पदयात्रा सञ्चालन गरिएको थियो । ५४ वर्ष अघि जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी २०२८ सालमा सदरमुकाम गाईघाटमा सरे पछि ओझेलमा परे पनि यहाँको ऐतिहासिक धरोहरको संरक्षण र संबद्र्धनमा गाउँपालिकाको प्रयत्नलाई नेपाली सेनाले सहयोग पु¥याउँदै आएको छ । पदयात्राको माध्यमबाट जनचेतना जगाउने र उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।
यसले पर्यटन प्रवर्धन गर्न समेत टेवा पुग्ने छ । पदयात्रा बारे जानकारी दिदै पदयात्राका क्रममा बाटो पर्ने बिद्यालयहरुमा विद्यालय स्तरमा नेपालको ईतिहास संरक्षण, राष्ट्र निर्माता पृथ्वी नारायण शाह तथा राष्ट्रिय एकता दिबस सम्बन्धि हाजिरी जवाफ, वत्तृmत्वकला, निबन्ध लेखन र कविता वाचन प्रतियोगिता संञ्चालन गरिएको थियो ।
पदयात्रामा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिका परेको थियो । यात्राको पहिलो दिन उदयपुरगढीबाट हिडेर उदयपुरगढी – ढुङग्रे, १६ किलोमिटर दोश्रो दिन ढुङग्रे – पुवारे भञ्याङ २१ किलोमिटर तेश्रो दिन पुवारे भञ्याङ – निपाने साउने २१ किलोमिटर चौथो दिन निपाने साउने – सिम्ले २४ किलोमिटर पाँचौ दिन सिम्ले बिरेन्द्र बजार धारापानी चौदण्डीगढी – चौदण्डीगढी १५ किलोमिटर गरि पाँच दिनमा ९७ किलोमिट पदयात्रा गरिएको छ ।
समापन समारोहमा पालिकास्तरमा भएका विद्यालय स्तरीय प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, पदयात्रामा सहयोगी तथा सहभागिलाई सम्मान, मायाको चिनो वितरण गरिएको नगर प्रमुख लामाले बताए । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्ष सहभागि रहेको थियो । महाभारत श्रृङ्खला पार गर्दै पदयात्रा पुस २७ गते चौदण्डीगढी नगरपालिकाको पर्यटकीयस्थल चौदण्डीगढीमा समापन भएको हो ।
पदयात्रा कार्यक्रमको महत्वको बारेमा मा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राई, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, चौदण्डीगढी नगरपालिका वडाध्यक्ष सिताराम राई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाई, सशस्त्र प्रहरी बल नेपाल गण ५ रातमाटेका गणपति सशस्त्र प्रहरी उपरिक्षक सु्शिलकुमार शाही, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका उप अनृसन्धान निर्देशक सहभागिता रहेको थियो । समापन कार्यक्रममा चौदण्डीगढीमा त्रियुगा र चौदण्डीगढी नगरपालिका नगर प्रमुखद्धय बसन्तकुमार बस्नेत र कालुमान लामाले झण्डोतोलन गरेको थियो भने प्याराग्लाईडिङबाट पुष्प बृट्रि गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।




















