इटहरीः इटहरी ८ निवासी मोरङको कसेनी माध्यामिक विद्यालय बेलबारी ४ काकुममा अध्यापन गराउँदै आएका शिक्षक कमल कोइरालाको दुर्घटनामा मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा ८ सलकपुर बजार छेउ कंचनजङगा आल्मुनियम तथा ग्लास हाउस अगाडि बिहिवार साँझ पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस र सोही दिशा तर्फ जाँदै गरेको मोटरसाईकल चिप्लो बाटो भएको कारण चिप्लिएर एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो।
दुर्घटनामा परि मोटरसाईकल अन्दाजी ५० वर्षिय कोइराला गम्भीर घाईते भएको र उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा उनको निधन भएको हो ।




















