इटहरी: जिल्लाबाट सञ्चालन हुने सवारी साधन रात्रिकालीन अवस्थामा नगराउन जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक सूचना जारी गरेको छ । 

सम्भावित विपद् सम्बन्धी जरुरी सूचना जारी गरी सबैलाई सचेत रहन अनुरोध समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी धमेन्द्र प्रसाद मिश्रले केही बेरअघि सूचना जारी गरी आजबाट २० गतेसम्म भारी वर्षा भई नदी नालाहरूमा पानीको बहाव बढ्न सक्ने र पहिरो जान सक्ने भएकाले रातको समयमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न र नगराउन सबैमा अनुरोध गरेको हो ।
557601144_1464624289001611_5741014066625249282_n

त्यसैसरि सुनसरी हुँदै बग्न सप्तकोसी नदीमा समेत पानी बहाव बढ्ने खतरा देखिएकाले त्यस नदी आसपास बस्नेहरूलाई समेत सावधानी अपनाउन अनुरोध गरिएको छ । सप्तकोसी नदीमा सञ्चालित जेट बोट पनि तत्काल बन्द गराउन जिल्ला प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
त्यसैसरि सम्भावित जोखिम रहेका सडक किनारामा डोजर,जेसिभी लगायतका पहिरो हटाउन मेशिनरी सवारी साधनहरि स्टेण्ड वाई राख्न समेत निर्देशन दिइएको छ । २० असोजसम्म सकेसम्म घरबाट टाढा र रातको समयमा यात्रा नगर्न समेत सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुरोध गरेको छ ।