इटहरी: नक्कली व्याकुल माइलाका नामबाट पुस्तक नै प्रकाशन गरेर हिँड्ने उदयपुर बेल्टारका मिलन राई इटहरीबाट पक्राउ परेको खबर सार्वजनिक भएपछि धरानकी पुरानी रङ्गकर्मी शशी थापा सुब्बाले उनी पहिलाबाट मानसिक रोगी भएकाले उनको उपचारमा सबै जना लाग्न अनुरोध गरेकी छन्  ।
हाल बेलायतमा बसोबास गरिरहेकी यति बेलाकी चर्चित नायिका मिरुना मगरकी आमा शशीले आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै मिलन राईको पहिलादेखिकै मानसिक रोग यस बेला निकै बढेका कारण नक्कली व्याकुल माइला भई हिँड्न थालेको अनुमान समेत लगाएकी छन् । 
नक्कली व्याकुल माइला भएर व्याकुल माइला नाममा प्रकाशित पुस्तकको भुक्तानी लिन आउँदा बिहीबार इटहरी उपमहानगर कार्यालय परिसरबाट प्रहरीले राईलाई पक्राउ गरेको थियो । पक्राउ परेको खबर विभिन्न सञ्चार माध्यममा उनको तस्बिर सहित सार्वजनिक भएपछि शशीले फेसबुकमा दुई वटा स्ट्याटस पोस्ट गर्दै उनको मानसिक रोगको उपचार गर्नु पर्नेमा जोड दिएकी छन् ।
उनले मिलनको मानसिक रोगको उपचारका लागि आवश्यक सहयोग गर्न सबै जनालाई जुट्न आग्रह पनि गरेकी छन् । 
WhatsApp Image 2025-08-14 at 14.53.48_1c5ae974
मिलन पुराना नाट्यकर्मी र एक कुशल नृत्य कलाकार भएको शशीले बताएकी छन् । उनले मिलनको बेला बेला भ्रमित हुने पुरानै रोग रहेको दाबी पनि गरेकी छन् ।  
शशीले फेसबुक स्ट्याटसमा लेखेकी छन्—‘वहाँलाई उपचारको खाँचो छ वहाँ रोगी नै हो ! कृपया वहाँलाई सामाजिक सञ्जालमा गाली नगर्नु होला ।  भेटेमा कुटपिट नगरी दिनु होला ।  एउटा पुराना रङ्गकर्मी कलाकार हुनुहुन्छ मिलन दाइ बरु के कसो गर्न सकिन्छ सरसल्लाह गरौँ ।’
शशी फेरी फेसबुकमा लेख्छिन्—‘म वहाँलाई धेरै नजिकबाट चिन्दछु । जे होस कहिले बोल्दा बोल्दै एकोहोरो हुने र के पो भन्दै थियौ हामी ? भनेर भन्नु हुन्थ्यो । कहिले काहीँ म धरानमा हुँदा मेरो घरमा बेला बेला आउनु हुन्थ्यो र  मैले व्यापार गर्दै छु अब भन्नु हुन्थ्यो र भारत तिरको १÷२ पाकेट चिया पत्ति बेच्न ल्याउनु हुन्थ्यो । एकदुइ वटा किताब पनि बोकेर आउनु हुन्थ्यो मलाई त्यो बेला पनि केही शङ्का त लागेको हो , तर दाइलाई केही मानसिक तनाव होला सायद भनेर वास्ता गरिन । यसरी नबरालिनु  भनेर गाली गर्थे र खानाहरू ख्वाएर बिदा गर्थे तर यति साह्रो त होइन , यो अनौठो भ्रममा बाँच्ने वहाँको पुरानै रोग हो तर मानसिक रोग अलि बढे जस्तो लाग्यो !’ 
WhatsApp Image 2025-08-16 at 06.45.36_7411a1ca