इटहरी : सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन् । जबरजस्ती करणी मुद्दामा बन्दी जीवन बिताइरहेका खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका २ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बाल चढेर फरार भएका हुन । बि ब्लकमा रहेको खत्रीले बासको सहाराबाट वाल नाघेर फरार भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे ।

‘अनुसन्धानको क्रममा बुधवार बिहान तिर भागेको देखिन्छ, बिहानैदेखि प्रहरी परिचालन गरी खोजतलास भइरहेको छ’ कार्कीले प्रदेश पोर्टलसँग भने ‘फरार कैदी बन्दी चाडै पक्राउ पर्छन् ।’ घटनाको छानबिन समेत भइरहेको डिआइजी कार्कीले जानकारी दिए । कारागारको बाहिरी सुरक्षामा सशस्त्र प्रहरीको कमान्डमा रहेको छ । सशस्त्र प्रहरीका डिएसपी राजेश श्रेष्ठको कमान्डमा रहेको टोलीलाई छानबिनमा तानिएको सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले प्रदेश पोर्टललाई जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार कारागारको आन्तरिक प्रशासनले रात्रि सुरक्षा डिउटीमा खटाइएका खत्रीले मुढा बनाउने उघोग छेउबाट बासका सामानहरू प्रयोग गरी २० फुटको वाल नाघेर फरार भएको बताइएको छ ।