इटहरी : सुनसरीको इटहरीमा सडक दुर्घटनामा परि दुई जना युवकको मृत्यु भएको छ । धरान-इटहरी सडक खण्डको इटहरी २० पानीपियामा प्र १ ०२-००२ ख ०४५५ नम्बरको बस र को २२ प २१२५ को स्कुटर शनिवार दिउसो एक आपसमा ठोकिदा झापा बिर्तामोड ५ का अन्दाजी २५-२६ वर्षका सुजन बिक र सुरज बिकको मृत्यु भएको हो । 
ठक्करबाट घाइते दुवैको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
गलत लेनबाट आएको स्कुटर बसमा ठोकिएको र बसले स्कुटरलाई झन्डै ५० मिटर घिसारेको थियो । ठक्कर दिने बसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । 
                 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        