इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को बुधबारे हटिया लाग्ने स्थानमा रहेको जनता माध्यामिक विद्यालयको जग्गा भाडा विवाद मिलाई दिन आग्रह गर्दै सनमुन प्लाजा इटहरीले बुधबार इटहरी उपमहानगरपालिकाकी उपमेयर समक्ष निवेदन दिएको छ । 

प्लाजाका तर्फबाट अध्यक्ष गणेश प्रसाद कोईरालाले बुधबार इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीलाई निवेदन दिई जनता माध्यामिक विद्यालयको जग्गा भाडा विवाद निम्टारा गरि पाउँ भन्ने व्यहोरा सहितको निवेदन दिएका हुन् । उनको निवेदनमा उपमेयर चौधरीले दस्तखत गरि आउने कार्यपालिका बैंठकमा पेश गर्न भनेकी छन् । कोईरालाले उपमेयर मार्फत इटहरी उपमहानगरपालिकालाई दिइएको निवेदनको दर्ता नम्बर १०५१ हो ।

कोईरालाले दिएको निवेदनमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९५ अनुसार २ कठ्ठा जमिन भोगगराउनु पर्नेमा सो भन्दा कम भोगाइएकाले विद्यालयको तर्फबाट दायित्व पुरा नभएको, स्थानीय बासिन्दाले निकालेको विवाद समाधानका विद्यालयको कमजोरी रहेको, बेलैमा कर फछ्यौट नगरी बिलम्ब भएकोमा विवाद रहेन यसर्थ यसै ऐनको दफा ४९६ निर्धारित समयमा विद्यालयले दायित्व पुरा नगरेकाले विवाद उत्पन्न भएको दावी गरिएको छ ।

प्लाजाका अध्यक्ष कोईरालाले उपमेयर चौधरी माफैत दिइएको निवेदनमा भनिएको छ—‘ यस प्रकारको विवादलाई यसै ऐनको दफा ५०० को (१) र (२) बमोजिम विद्यालयलाई थप दायित्व सृजना हुने र विद्यालयसँगको दायित्व पुरा गर्ने अवस्था नरहेकाले विवाद समाधान गर्न बान्छनीय रहेकोले निर्णयार्थ यो निवेदनका गरेका छौं ।’  

WhatsApp Image 2025-07-30 at 21.05.03_70f96f48

WhatsApp Image 2025-07-30 at 21.05.02_fcfdabc8

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कोसी प्रदेश महामन्त्री लालबिक्रम थापा समेत भाडा विवादमा मुछिएको र उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भाडा उठाई विद्यालयलाई नबुझाई भ्रष्टाचार गरेको जनाउँदै मुद्धा दर्ता भएपछि प्लाजाले इटहरी उपमहानगरपालिलाई निवेदन दिएको हो । प्लाजाले विद्यालयलाई भाडा वापत ठूलो रकम तिर्न बाँकी रहेपछि २०८० चैत्र १ गतेपछि विवाद मिलाउनका लागि आवश्यक प्राविधिक जाँच प्रतिवेदन सहित इटहरी उपमहानगरपालिकालाई पत्र पठाएको थियो । तर, इटहरी उपमहानगरपालिकाले सो पत्रका बिषयमा हालसम्म कुनै निर्णय नै नगरिदिएकाले विवाद झन चुलिँदै गएको सनमुन प्लाजाका अध्यक्ष कोईरालाले दावी गरे । 

कोईरालाले बुधबार उपमेयर चौधरी मार्फत इटहरी उपमहानगरपालिकालाई दिएको निवदेनमा जनता माध्यामिक विद्यालयसँग जग्गा भाडामा लिनका लागि गरिएको सम्झौता अनुसार विद्यालयले जग्गा उपलब्ध नगराएको, भाडामा लिइएको् जग्गामा भवन निर्माण ताका अनेकन विवाद सृजना गरिएको, स्थानीयहरुले लफडा गरेको, अख्तियारमा समेत मुद्धा परेको र कोरोनाका कारण व्यवसाय क्षेत्रमा परेको असरका बिषयमा विद्यालय व्यवस्थापन समितिलाई बारम्बार लिखित तथा मौखिम जानकारी दिँदा समेत चासो नलिई दुःख दिने काम गरेको उल्लेख गरिएको छ । जनता माध्यामिक विद्यालयको प्रशासन र व्यवस्थापन समितिकै कारण जग्गा भाडामा लिने सनमुन प्लाजालाई हानीनोक्सानी भएको निवेदन आरोप समेत लगाइएको छ । 

२ कठ्ठा जग्गा भाडामा लिन प्लाजाले २०७६ श्रावण १ गते विद्यालयसँग सम्झौता गरेको थियो । तर फिल्डमा भने १ कठ्ठा २ धुर जग्गा मात्र उपलब्ध गराएको निवेदनमा उल्लेख गरिएको छ । २ कठ्ठा जग्गाको भाडा मासिक १ लाख ७ हजार ५ सय १ रुपियाँ दिने शर्तमा १५ बर्षका लागि सम्झौता गरिएको कोईरालाले दिएको निवेदनमा उल्लेख छ । तर जग्गा कम भएपछि मासिक भाडाका बिषयमा पुनः विचार गर्न आग्रह गर्दा समेत विद्यालय व्यवस्थापन समिति र प्रशासनले चासो नराखेको अध्यक्ष कोईरालाले बताए । 

७२ लाखबढी भाडा बुझाउन देखिएपछि प्लाजाले जग्गामा निर्माणधिन जग्गामा बनेको भवन विद्यालयलाई बुझाउने उद्धेश्यले प्लाजाका तर्फबाट वडामा निवेदन दिएको र त्यसैको आधारमा ९ नम्बर वडा कार्यालयले फिल्डमा प्राविधिक खटाई  २०८० श्रावण २२ मूल्यांकन सहितको प्राविधिक रिर्पोट तयार पारेको थियो । तत्कालै सो रिर्पोट सहित निर्णयका लागि  इटहरी उपमहानगरमा निवेदन दिएको तर विविध कारण देखाई हालसम्म निवेदन कार्यन्वयन तर्फ नलगेको कोईरालाको भनाई छ । 

निवेदनको बोद्यार्थ इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, ९ र ६ नम्बर वडा कार्यालय र जनता माध्यामि विद्यालय इटहरीलाई समेत दिइएको छ । 

whatsapp-image-2025-07-23-at-114246-e068d81a 1

जग्गा भाडा लिई व्यवसायिक भवन निर्माण गरि भाडा लिई व्यवसाय गरिरहेकाहरुसँग मासिक रुपमा भाडा लिएर पनि विद्यालयलाई नबुझाएपछि सनमुन प्लाजामा रहेका रास्वपाका थापा विवादमा आएका थिए । सार्वजनिक लेखापरिक्षणबाटै उनले विद्यालयलाई ७२ लाखबढी रकम तिर्न स्पष्ट देखिएपछि थापालाई रास्वपा केन्द्रिय कार्यालयले निलम्बन समेत गरेको थियो । निलम्बन फुकुवाका लागि उनले आफन्त दुई महिलालाई अघि सारेर कागजी रुपमा मात्र प्लाजाबाट अलग भएका थिए । कागजी रुपमा अलग भएपनि केही महिनाअघिसम्म उनले ६ वटा सटरको भाडा मासिक रुपमै उठाउँदै आएका थिए । प्लाजाका अन्य लगानी कर्ताहरुलाई समेत नटेरी उनले आफुखुसी भाडा उठाउने गरेका थिए । श्रोतका अनुसार थापाले प्लाजा निर्माण गर्नुअघि नै व्यवसायीहरुसँग १ लाखका दरले करिब १३ लाख रुपियाँ उठाएका थिए । उनले करिब ३२ लाख मात्र लगानी गरेका थिए । स्रोतका अनुसार उनले हालसम्म करिब २६ लाखको हाराहारीमा भाडा मार्फत असुल गरिसकेका छन् । 

विद्यालयको जग्गामा भवन निर्माण ताका इटहरीकै पुष्कर थापा र प्लाजाका अध्यक्ष गणेशप्रसाद कोईरालाले पनि लगानी गरेका थिए । थापाले करिब १५ लाख र कोईरालाले साढे ६ लाख लगानी गरेका थिए । पछिल्लो समय लालबिक्रम थापाकै आग्रहमा इटहरी स्टेशनरी व्यवसायी लक्ष्मण कार्कीले पनि ४ लाख रुपियाँ लगानी गरेका थिए । तर उनले भाडा भने उठाउन पाएका थिएनन् । लगानी कर्ताहरुको एक बैंठकबाट लिखित रुपमै कार्कीलाई पनि भाडा उठाउन दिने सहमति भएपछि पछिल्लो समय कार्कीले पनि केही सटरहरुको भाडा उठाउँदै आएका छन् । उनले पनि लगानीको आधा जसो रकम भाडामार्फत उठाईसकेको स्रोतको दावी छ । अध्यक्ष कोईरालाले पनि साढे ३ लाखको हाराहारीमा भाडा उठाईसकेका छन् । प्लाजामा लगानी गरि भाडा उठाउने सवालमा बढी पिडित पुष्कर थापा रहेको स्रोतको दावी छ  । लालबिक्रम पछि सबैभन्दा बढी लगानी पुष्करको भएपनि लालबिक्रमकै भाडा उठाउने सवालमा बढी हस्तक्षेप भएकाले उनले ज्यादै कम भाडा उठाएको स्रोतको भनाई छ । 

whatsapp-image-2025-06-26-at-082819-86bd27e1 1

घरेलुमा गई नाताले आफ्नो परिवार भित्रका अस्मिता खड्का र रमा खत्रीलाई अगाडि सारेर लालबिक्रमले प्लाजाबाट अलग भएको तर भाडा भने केही महिनासम्म ६/७ वटा सटर उठाउँदै आएको स्रोतको दावी छ । स्रोतले भन्यो—‘लालबिक्रमले केबल कागजी रुपमा दायित्व सहित अलग भएर मात्र हुँदैन । त्यसलाई प्रमाणित हुने गतिलो आधार पनि हुन पर्छ । विद्यालयलाई भाडा वापत  तिर्न पर्ने बाँकी रकमबाट उनी अलग हुन नै पाउँदैनन् । राम्रा र बढी भाडा उठ्ने सटरको भाडा चाँही अन्य साझेदारहरुसँग सल्लाह नै नगरी लुसुलुसु उठाएर मनपरी खर्च गर्ने अनि अहिले पार्टीको कारवाहीबाट बच्न विद्यालयलाई तिर्न पर्ने दायित्वबाट पन्छिन मिल्छ ?’

whatsapp-image-2025-07-22-at-125029-a1205ad6 1

जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिई लामो समयसम्म भाडा उठाई विद्यालयलाई भाडा नबुझाई भ्रष्टाचार गरेको जनाउँदै लालबिक्रम थापाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा २ श्रावणमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियार इटहरीले थापा सहित प्लाजाका संचालकहरुसँग सोधपुछ थालेको छ । अख्तियारले आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुन प्लाजाका अध्यक्ष कोईरालालाई बोलाईसकेको छ । रास्वपाका कोसी महामन्त्री थापा भने आफु कानुनी रुपमा अलग भईसकेको संस्थामा जवरजस्ती जोडेर विवादमा तान्ने काम आफ्नै पार्टीबाट भईरहेको दावी गर्दै आएका छन् । आफ्नो राजनिति करियर सक्नका लागि केही व्यक्तिहरु हात धोएरै लागेको दावी गर्दै थापाले प्लाजामा रहेका साथीहरुले विद्यालयको भाडा विवाद मिलाउनु पर्ने दावी गर्छन् ।