इटहरीः यहि श्रावण १० गते शनिवारका लागि तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इटहरी उप–महानगरपालिकाको नगर अधिवेशनको काम तत्काल रोक्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । 

रास्वपाका इटहरी उपमहानगर सभापति बिष्णु बहादुर बस्नेतले अधिवेशन रोक्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदन उपचर बुधबार यस्तो आदेश भएको हो । बस्नेतलाई  रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीका पार्टी सभापति  पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

बस्नेतलाई पार्टी भित्रका केही जिल्ला र प्रदेश तहका नेताहरुको भ्रष्टआचरणका बारेमा कुरा उठाएकै निहुँमा अनुशासन आयोगले एकतर्फी कुरा सुनेर निलम्बन गरेपछि रास्वपा इटहरीमा विवाद बढेको थियो । 

रास्वपाको सो निर्णयको विरुद्धमा नगरअधिवेशन रोक्न माग गर्दै  बस्नेतले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । 

WhatsApp Image 2025-07-23 at 15.53.18_6f5f7dd9

WhatsApp Image 2025-07-23 at 15.53.18_f0fc1c4e

बस्नेतको रिट उपर उच्च अदालत विराटनगरकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले सुनुवाई गर्दै  आगामी १० गते हुने भनिएको रास्वपाको इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै रास्वपा इटहरीको अधिवेशन रोकिएको छ । 

 बस्नेतको निवेदनमा माग गरेको अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुवै पक्षको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै दुवै पक्षलाई छलफलको लागि साउन १२ गते पेशी तोक्न आदेश पनि उच्च अदालत विराटनगरले दिएको छ ।

WhatsApp Image 2025-07-22 at 12.48.50_a8ff6bc4

इटहरीका २० वडाहरु मध्ये ७ वटा वडामा वडास्तरीय अधिवेशन नै नगराई पार्टीको आधिकारिक पोर्टलमा आफुखुसी पोष्ट गरी त्यसैलाई आधार मानेर रास्वपा इटहरीको १० श्रावणमा गर्न लागिएको थियो । निलम्बनमा परेका बस्नेत इतरका रास्वपा नगरका नेता तथा कार्यकर्ताहरुले पटक पटक केन्द्रिय समितिलाई पत्रचार गरेपनि सुनुवाई गरेको थिएन । उनीहरुको मागलाई वेवास्था गरि केन्द्रले जवरजस्ती अगाडि बढेर १० श्रावणलाई नगर अधिवेशन गर्ने निर्णय गरेकाले रास्वपा इटहरीको विवाद सहतमै पुगेको थियो । सामाजिक सञ्जालहरुमा केन्द्र, जिल्ला र प्रदेशको पेलेरै जाने प्रवृतिको बिषयमा खुलेरै कार्यकर्ताहरुले विरोध गर्न सुरु गरेका थिए । 

१० श्रावणका दिन तोकिएको रास्वपा इटहरीको अधिवेशन उद्घाटनका लागि पार्टी केन्द्रिय सदस्य एव्म सांसद हरि ढकाल प्रमुख अतिथिका रुपमा सहभागी हुने निश्चय भएको थियो । 

WhatsApp Image 2025-07-22 at 12.48.51_72b207ed