इटहरीः पछिल्लो ३ घण्टामा बर्षा भईरहेको र थप हुने भएकाले सेउती,बुढी र खेसलिया खोलामा बाढी आउने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरि वर्षामापन केन्द्रहरुमा वर्षा हुनुका साथै थप हुने देखिएकोले सुनसरी र मोरङमा पर्ने ती खोलाहरुमा आकस्मिक बाढी आउने खतरा बढेको जनाएको छ । विभागले ती खोला आसपासमा रहनेहरुले आइतबार(आज) दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैबीच इटहरी ७ का केही स्थानमा बाढी पसेकाले सर्तकता अपनाउन स्थानीयहरुले सामाजिक सञ्जालमा स्टाटस पोष्ट समेत गरेका छन् ।