प्रेम बास्तोला

इटहरीः इटहरी उपमहानगरपालिकाले सञ्चालन गरिरहेको इटहरी नगरअस्पतालमा व्यापक अनियमितता भएको पाइएको छ । इटहरी नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल नै छन् । 

महालेखा परिक्षकको कार्यालयले इटहरीका मेयर पौडेललाई जेष्ठ ६ गते बुझाएको लेखापरिक्षणको प्रतिवेदन अनुसार इटहरी नगर अस्पताल संचालनमा अनियमितता भईरहेको ठहर गरिएको छ । 

महालेखाले इटहरी नगर अस्पतालले बर्षेनी गर्ने औषधी खरिद, स्वास्थ्य बीमा कार्यक्रम, दैनिक रुपमा अस्पताललाई हुने काउन्टर आम्दानी, एम्बुलेन्स आम्दानी, तीन जना बिषेशज्ञ डाक्टरलाई घण्टाका हिसाबले दिईदै आएको पारिश्रमिक, भिडियो एक्सरे गर्ने डाक्टरको पारिश्रमिक आयकर लगायतमा अनियमितता भएको ठहर गरेको छ । 

औषधी खरिदमा मनपरी

अस्पतालले औषधी खरिद गर्दा खरिदको परिणाम निर्धारण तथा लागत अनुमान तयार नै नगरी औषधी खरिद गरिएको महालेखाले बुझाएको लेखाप्रतिवेदन स्पष्ट रुपमा उल्लेख गरिएको छ । सार्र्वजनिक खरिद नियमावली २०६४ को नियम ३ अनुसार खरिद कारवाहीको तयारी गर्नु पर्ने तथा नियम ५ (क)  अनुसार लागत अनुमान तयार गर्नु पर्ने कानूनी व्यवस्था छ । तर  स्वास्थ्य शाखाको जिम्मेवारी लिने कर्मचारी, अस्पताल प्रशासन प्रमुख, लेखाप्रमुख,प्रमुख प्रशासकिय अधिकृृत र मेयर समेत सेटिङमा आफ्ना नजिकका फार्मेशीहरुबाट अन्धानधुन्ध औषधी खरिद गरिरहेको पाइएको छ । 

1682675297_itahari hospital-1200x560

इटहरी नगर अस्पतालमा औषधी खरिद मात्र नभई, निर्माण भईरहेका भौतिक संरचना, मेसिनरी सामान, केमिकल खरिद लगायतमा पनि मिलेमत्तोमा काम भईरहेको बुझिएको छ । नियममा हुँदै नभएका दरवन्दी खडागरी आफु नजिकलाई जिम्मेवार स्थानमा लगेर जागिर खुवाउनेसम्म खुलेआम गरिरहेको पाइएको छ । 

स्वास्थ्य बीमाको रेकर्ड नै छैन 

स्वास्थ्य बीमा मार्फत के कति सेवाग्राहीले लाभ लिएका हुन् । उनीहरुको औषधी उपचारमा के कति रकम खर्च गरिएको हो । के कस्ता कागजात पेश गरि के कति रकम सोधभर्ना गरियो, कति अब बाँकी छ ? कुनै रेकर्ड नै नराखेको महालेखाले भनेको छ ।  

अस्पतालको काउन्टरबाट काटिएको नगदी रसिदको सहि रेकर्ड नै छैन 

इटहरी नगरअस्पतालको दैनिक हुने काउन्टर आम्दानी तर्फ सेवा लिन आउनेहरुसँग दर्ता, पर्चा,अन्य प्रशासनिक खर्च भन्दै रसिद मार्फत शुल्क लिने गरेको छ । पालिकाले आम्दानीका लागि नगदी रसिद प्रयोग गर्ने गरेको जनाएको छ । तर, आम्दानी संकलनका लागि प्रयोग गरिएको नगदी रसिद रसिद नम्बर उल्लेखित सहितको रसिद नियन्त्रण खाता नराखेको  महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ । 

अस्पतालले के कति रसिदको प्रयोग गरी के कुन कार्यमा के के कति दरमा कति रकम दरमा कति रकम बराबर आम्दानी गरेको छ ? सुनिश्चित गर्न नसकिएको महालेखाको लेखाप्रतिवेदनमा उल्लेख गरिएको छ  । काउन्टर आम्दानीमा पनि पालिकाले अभिलेख व्यवस्थित गरी हिसाब किताब दुरुस्त राख्न महालेखाले इटहरी उपमहानगरलाई निर्देशन दिएको छ । त्यसरी अस्पतालले १२ करोड ४३ लाख ३२ हजार ४ सय ५० रुपियाँ खर्च गरेको विवरण पनि महालेखाले सार्वजनिक गरेको छ । 

WhatsApp Image 2025-06-29 at 11.57.30_7775b0ef

नगर अस्पतालले के कति संख्यामा एम्बुलेन्स तथा शब बहान सञ्चालनमा ल्याएको छ । अस्पतालले सेवाग्राहीबाट दैनिक रुपमा के कतिका दरले ती सवारी साधनबाट आम्दानी गरिरहेको छ । एम्बुलेन्स सञ्चालनको शुल्क के कसरी निर्धारण गरिएको छ ? विवरण नै नराखिएको पाइएको महालेखाले जनाएको छ । महालेखाले विद्युतीय हाजिरको आधारमा बढी भुक्तानी लिएका अस्पतालमा कार्यरत ३ जना डाक्टरहरुबाट २ लाख ५ सय ३२ रुपियाँ असुल गर्नु पर्ने निर्देशन पनि महालेखाले नगरपालिकालाई दिएको छ । महालेखाले इटहरी नगर अस्पतालले दुई वटा खाता मार्फत कारोवार गरेको पाइएकाले अबका दिनबाट अस्पताल व्यवस्थापन समितिको खाताबाट मात्रै कारोवार गर्न सुझाव समेत दिएको छ । 

WhatsApp Image 2025-06-29 at 11.59.57_93b23004

भिडियो एक्सरे गर्ने डाक्टरबाट १३ लाखबढी असुल्न निर्देशन

इटहरी नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको ठाँडो आदेशमा भिडियो एक्सरे गर्ने डाक्टरका रुपमा नियुक्ती भएका मेडिकल अधिकृत डा.ऋतुराज सुवेदीसँग १३ लाख ७४ हजार ९ सय २ रुपियाँ असुल गर्न महालेखाले इटहरी उपमहानगरलाई निर्देशन दिएको छ । 

WhatsApp Image 2025-06-29 at 11.58.51_267929c1

महालेखाले इटहरी उपमहानगरलाई बुझाएको लेखापरिक्षण प्रतिवेदन अनुसार आयकर ऐन २०५८ को दफा ८९ ले अनुसुची १ बमोजिम आर्थिक बर्ष २०८०÷२०८१ को मेडिकल अधिकृत नौ तहको तलब भत्ता सहित अस्पताल परिसरमा संचालित यूएसजी(भिडियो एक्सरे) सेवा शुल्कको ४० प्रतिशत प्रोत्साहन वापतको रकम हिसाब गर्दा २५ लाख ३७ हजार ३ सय ४१ रुपियाँ हुन आउने तर इटहरी उपमहानगरले ११ लाख ६२  हजार  ४ सय ३९ रुपियाँ मात्र कर कट्टी गरेको पाइएको छ । नियम अनुसार कर कट्टी वापतको बाँकी १३ लाख ७४ हजार ९ सय २ रुपियाँ डाक्टर सुवेदीसँग असुल गर्न निर्देशन दिएको हो ।