इटहरीः एक्काईस ग्राम नौ सय चालिस मिलिग्राम लागु औषध ब्राउन सुगर सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

कोशी गाउँपालिका १ लौकही स्थित भन्सार कार्यालय छेउबाट लागु औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

सुनसरी भोक्राहा नरसिंह गाँउपालिका वडा नं.–०६ ढलान रोड स्थितबाट भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा पैदल तथा सवारी साधनमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीले धरान ११ का १९ बर्षीय सुअन तामाङ, बर्ष २७  को मिसन राई, धरान १५ का ३२ बर्षीय  रोमन शाही, ईनरुवा .–०६ का  २५ बर्षीय  अरुण मण्डललाई पक्राउ गरिएको हो । त्यसैगरी  मोरङको केरावारी गाउँपालिका वडा नं.–०६ का ३० बर्षीय सागर तामाङ र सोही स्थान बस्ने ३१ बर्षीय प्रस्ताव राईलाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका ६ जनाले नै आफ्नो मलद्धारामा लुकाई छिपाई ब्राउन सुगर ल्याएको पाइएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट एक मोटरसाईकल र एक स्कुटी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।