इटहरीः एसियन राजमार्ग निर्माण अन्तरगत काँकडभिट्टा लौकी सडक खण्डको इटहरी बुढीखोलादेखि लबिपुरको देवी खोलासम्मका घर तथा संरचनाहरु तत्काल नभत्काउन इटहरीका उद्योगी, व्यवसायीहरुले माग गरेका छन् ।
सो क्षेत्रको राजमार्गको दायाँ वायाँमा अधिकांश बजार क्षेत्र भित्र पर्ने र तत्काल घरहरु भत्काउँदा इटहरीका उद्योगी व्यवसायीहरुलाई आर्थिक रुपमा ठूलो नोक्सान पर्ने जनाउँदै तत्काल घर तथा संरचनाहरु नभत्काउन माग गरिएको हो ।
काँकडभिट्टा लौकी सडक आयोजना( पश्चिम खण्ड)का आयोजना प्रमुखलाई बुझाएको मागपत्र बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रलाई पनि बुझाउँदै समय सार्नका लागि माग गरिएको उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष गायत्री कटवाल भण्डारीले जानकारी दिईन् ।
प्रजिअ मिश्रलाई बुझाएको माग पत्रको बोद्यार्थमा कोरोनाको महामारीपछि उद्योगी, व्यवसायीहरुलाई परेको नामिनसक्नुको आर्थिक मार परेको अवस्थामा तत्काल भत्काउँदा बर्खाको समय आईसकेको उल्लेख गरिएको छ । बर्खासकेलगत्तै नेपालीहरुको महान चाँड पर्व शुरु हुने भएको र त्यही बेला व्यपारमा केही सुधार आई उद्योगी व्यवसायीहरुलाई राहत प्राप्त हुने भएकाले समय सीमा सार्नका लागि माग गरिएको भण्डारीले जानकारी दिइन् ।
सडकको मापदण्ड अनुसार ८२.५ मिटर भित्र रहेका घर तथा संरचनाहरु पनि डिजिटल नापीका नाममा थप २ मिटर भित्र पुर्याएकोमा घर तथा संरचना निर्माणकर्ताहरु दुखि भएको माग पत्रमा उल्लेख गरिएको भण्डारीले जानकारी दिइन् ।
असार ६ गते उद्योग वाणिज्य संघ इटहरीको पहलमा आयोजानका प्रमुख , इन्जिनियरहरु, घर तथा संरचनाधनीहरु, उद्योगी व्यवसायी सहितको सरोकारवालाहरुको छलफलपछि २ सय ५ जनाको हस्ताक्षर सहित समय सिमा थपका लागि माग पत्र बुझाइएको भण्डारीले बताइन् । आफुहरुको संयुक्त माग प्रति सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रपनि सकरात्मक भएको भण्डारीले बताइन् ।
बुधबारको भेटमा निमय अनुसार आवश्यक क्षतिपुर्तीका लागि पनि बिषेश पहल गर्नका लागि समेत प्रजिअ मिश्रलाई आग्रह गरिएको भण्डारीले जानकारी दिइन् ।