इटहरीः आर्थिक वर्ष २०८२/०८३ का लागि इलामका तीन नगरपालिका र दुई गाउँपालिकाले बजेट ल्याएका छन् । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई नगरपालिकाले बजेट ल्याएका हुन् । इलामकै फाकफोकथुम र माङसेबुङले पनि बजेट ल्याएका छन् ।
फाकफोकथुमको ५६ करोड, इनपाको एक अर्ब १४ करोड बजेट
इलामको फाकफोकथुम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ४९ लाख ८६ हजार ५ सय ७३ रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८ औ अधिवेशनमा उपाध्यक्ष कल्पना राईले पेस गरेको उक्त बजेट पारित भएको हो ।
पालिकाको आन्तरिक आयबाट १ करोड ११ लाख १५ हजार ५ सय रुपैयाँ अनुमान गरेको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ७ करोड ८७ लाख ९५ हजार ५ सय ७३, संघीय समानिकरण बापत ९ करोड ५५ लाख, संघीय सशर्त अनुदानबाट २७ करोड ४५ लाख, संघीय विशेष अनुदान ६९ लाख रहेको उपात्तयक्ष राईले बताइन ।
संघीय समपुरक अनुदान ३ करोड ७२ लाख प्राप्त भएको छ भने प्रदेश सशर्त अनुदानबाट १ करोड ५५ लाख ६१ हजार, समपुरकबाट १ करोड ४० लाख, समानीकरणबाट ८६ लाख ७५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ७६ लाख ५५ हजार अनुमान रहेको उपाध्यक्ष राईले बताइन ।
इलाम नगरपालिकाको एक अर्ब १४ करोड ३४ लाख
इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । इलाम नगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गरेकी थिइन । आर्थिक वर्ष ०८२–०८३ का लागि पेस गरिएको बजेटमा प्रशासनिक तर्फ कुल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ ।
चालुु आर्थिक वर्ष ०८१–०८२ मा सङ्घीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपुरक र अनुदान शीर्षकका खर्च भइनसकेका बजेटहरुलाई आयमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिएको बताइन । चालु आर्थिक वर्षमा चालुु तर्फ ६९ प्रतिशत र पुुँजीगत तर्फ २९ प्रतिशत खर्च भइसकेको उनको भनाई छ । दाहालले चालु आर्थिक ०८१–०८२ का लागि गएको १६औं नगरसभाले पारित गरेको एक अर्ब १३ करोड रुपियाँको बजेट प्रदेश र सङ्घीय सरकार मार्फत आएका विभिन्न योजनाको बजेट बढेर एक अर्ब १८ करोड रुपियाँमा अहिले सञ्चालन भइरहेको समेत जानकारी दिइन ।
सुर्योदय नगरपालिको बजेट एक अर्ब ४० करोड
इलामको सुर्योदय नगरपालिकाले एक अर्ब ४० करोड रूपयाँको बजेट पेस भएको छ । १७ औ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले एक अर्ब ४० करोड तीन लाख १७ हजार दुई सय २० रूपैयाँको बजेट पेस भएको हो । विनियोजित रकम मध्ये एक अर्ब आठ करोड तीन लाख १७ हजार ३ सय २० रूपैयाँ स्थानीय सञ्चित कोषबाट र ३२ करोड रूपैयाँ अन्तर सरकारी अख्तियारी अन्तरग संघीय कोषबाट खर्चहुने छ । विनियोजित रकम मध्ये चालू खर्चको लागि ६८ करोड ३१ लाख ३७ हजार २२० रूपैया र ३९ करोड ७१ लाख ८० हजार रूपैयाँ पुजीगत तर्फ छुट्याइएको छ । नगरपालिकाले आन्तरिक राजस्व र राजस्व बाडफाडबाट २२ करोड ५७ लाख ११ हजार रूपैयाँ , संघीय सरकारबाट ६४ करोड ४३ लाख रूपैयाँ र प्रदेश सरकारबाट चार करोड ४४ लाख ८१ हजार रूपैयाँ प्राप्तिहुने अनुमान छ ।
माङसेबुङको ४८ करोड ७३ लाख
माङसेबुङ गाउपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७३ लाख १० हजार ८ सय २३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले बजेट प्रस्तुत गरेका थिए । सामान्यिकरण अनुदान ८ करोड ९६ लाख, राजस्व बाँडफाँडमा ८ करोड ३८ लाख ८ सय २३, कोशी प्रदेश वित्तिय सामानीकरण अनुदान ७ करोड ९७ लाख १ हजार, राजस्व बाँडफाँडमा ६२ लाख २७ हजार, आन्तरिक आय ८३ लाख ४२ हजार र अल्या ४ करोड ५० लाख रहेको छ । त्यस्तै सशर्त अनुदान १९ करोड ५० लाख, विशेष अनुदान ६९ लाख, समपुरक अनुदान १२ करोड २ लाख रहेको छ । त्यस्तै प्रदेश सशर्त अनुदान १ करोड ८२ लाख ७ हजार र समपुरक अनुदान १ करोड ४० लाख रहेको छ ।
माई नगरपालिकाको बजेट ६३ करोड ९३ लाख
माई नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ६३ करोड ९३ लाख ४६ हजार ६ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ । माई नगरपालिका उप प्रमुख हिमा भण्डारीले उत्त बजेट सार्वजनिक गरेकी हुन । जसमा संघीय समानीकरण तर्फ १२ करोड १४ लाख, प्रदेश समानीकरण १ करोड ९ लाख ३६ तर्फ १ लाख ८९ हजार, राजश्व वाडफाँड संघ १२ करोड ६३ लाख ५७ हजार १ सय ४७ रुपैयाँ, प्रदेश ८३ लाख ५३ हजार ३ सय ५३ रुपैयाँ , आन्तरिक आय ९ करोड ५९ लाख १ सय रुपैया, समपुरक संघ १ करोड ५८ लाख, सशर्त संघ २४ करोड ४४ लाख समपुरक प्रदेश १ करोड २० लाख, प्रदेश सशर्त ४ करोड १९ लाख आय अनुमान गरेको छ ।
आर्थिक विकास तर्फ शिक्षा, पशु, सहकारी, उद्योग, पर्यटन क्षेत्र विकासका लागि १ करोड ३ लाख १७ हजार, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लक्षित समूह विकास तर्फ ४ करोड ८७ लाख ३९ हजार ६ सय, पुर्वाधार विकास तर्फ सडक, झोलुङ्गेपुल, सिंचाई, भवन आदीको लागि १४ करोड ७० लाख ४० हजार रुपैया, वन, वातावरण, तथा विपद व्यवस्थापन तर्फ सामुदायिक बन, भुसंरक्षण तथा जलाधार स।रक्षण, फोहरमैला व्यवस्थापन, प्रकोप नियन्त्रण, आदीको लागि १ करोड १५ लाख रुपैया बिन्योजन गरेको छ । सुशासन तथा सेवा प्रवाह तर्फ १३ करोड ६३ लाख ६० हजार, सशर्त अनुदान तर्फ २७ करोड ६३ लाख ९० हजार र भुक्तानी दायित्व ९० लाख रहने गरि व्याय गर्ने गरि वजेट विनियोजन गरिएको छ ।