इटहरीः इटहरी उपमहानगरपालिकाले सवारी इन्धन र मर्मतमा मनमौजी खर्च गरेको पाइएको छ । इटहरी उपमहानगरले आर्थिक बर्ष २०८०/२०८१ म  इन्धन र सवारी मर्मतमा मात्र २ करोड ४५ लाख १० हजार खर्च गरेको महालेखा परिक्षकको कार्यालय काठमाडौंले इटहरीका मेयर हेमकर्ण पौडेललाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखा प्रतिवेदन अनुसार निश्चित मापदण्ड बनाई लकबुक राखी आवश्यकताका आधारमा इन्धन उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था भएपनि त्यसो नगरी ६९ सवारी साधनलाई १ करोड ५७ लाखको इन्धन खर्च गरेको देखिएको छ । 

WhatsApp Image 2025-06-22 at 14.37.47_6056e75d

सवारी मर्मत तर्फ सार्वजनिक खरिद ऐन २०६३,को दफा ८२ अनुसार मितव्ययि तरिकाले खर्च गर्नु पर्ने व्यवस्था छ । तर इटहरी उपमहानगरले त्यसो नगरि ६९ वटै सवारी मर्मतका नाममा मात्र ८८ लाख १० हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखाले इटहरी उपमहानगरका मेयर(प्रमुख) हेमकर्ण पौडेललाई गत जेष्ठ ६ गते आफ्नो लेखापरिक्षणको प्रतिवेदन बुझाएको हो । मेयर पौडेललाई सम्बोधन गरि पठाइएको महालेखाको पत्रमा नायब महालेखापरिक्षक बालकृष्ण थापाको हस्ताक्षर छ । १ सय ६४ पेंजको प्रतिवेदनमा महालेखाले इटहरी उपमहानगरलाई ३५ बुँदे सुझाव समेत दिएको छ । 

WhatsApp Image 2025-06-22 at 14.38.15_98040651