इटहरीः इटहरी उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/२०८१ मा खाना, खाजा सहित विविध शिर्षकमा ७३ लाख २८ हजार रुपिँया खर्च गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने व्यवस्था छ । तर, त्यस विपरित इटहरी उपमहानगरले आर्थिक बर्ष २०८०/२०८१ म खाना, खाजा र विविध खर्च शिर्षकमा ७३ लाख २८ हजार खर्च गरेको महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

WhatsApp Image 2025-06-22 at 13.51.17_220393a4

विविध खर्च गर्दा खर्चको प्रयोजन तथा वस्तुनिष्ठ प्रमाण संलग्न गर्नु पर्ने साथै यस्तो प्रवृतिका खर्च नियन्त्रण गरि मितव्ययिता कायम गर्नु पर्ने उपमहानगरले अधिकांश होटलहरुका बिलहरुको आधारमा सो रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपमहानगरले सो खर्च विभिन्न वडा तथा पालिकाको बिभिन्न बिषयगत शाखाहरुमा भएका कार्यक्रममा खर्च भएको जानकारी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।