इटहरीः नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्समार्फत सुजुकीको नयाँ GHK आउटलेट सञ्चालनमा ल्याएको छ।
डिलरशिपको उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ।

कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले सुजुकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्नेछन्।
टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेलअनुसार २ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको निःशुल्क सवारी बीमा, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै सिट कभर, म्युजिक सिस्टम लगायतका विभिन्न एसेसोरीज निःशुल्क प्राप्त गर्न सक्नेछन्। क्याम्प अवधिभर अतिरिक्त २० हजार रुपैयाँको नगद छुट पनि प्रदान गरिनेछ।

यस्तै, विशेष सर्भिस क्याम्पमा सहभागी हुने सुजुकी गाडीका ग्राहकहरूले निःशुल्क चेकअप तथा कार वास, साथै पार्ट्समा १५ प्रतिशत र लुब्रिकेन्टमा १० प्रतिशत छुट पाउनेछन्।
भवानी शंकर एण्ड सन्सका प्रबन्ध निर्देशक मिसन पराजुलीका अनुसार, “कोशी प्रदेशका ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने उद्देश्यले यो GHK स्तरको डिलरशिप स्थापना गरिएको हो। हामी केवल गाडी बिक्रीमा सीमित छैनौं, दीर्घकालीन सम्बन्ध र सन्तुष्टिपूर्ण सेवा हाम्रो प्राथमिकता हो।”
उनले इटहरी , विराटनगर र आसपासका ग्राहकका लागि सहज पहुँच र गुणस्तरीय सेवाको सुनिश्चितता गर्दै कम्पनीको प्रतिबद्धता दोहोर्याए।
साथै, उक्त अवसरमा नयाँ ग्राहकलाई गाडीको डेलिभरी पनि गरिएको थियो। ग्राहकको हातमा साँचो हस्तान्तरण गर्दै ‘ड्राइभ योर ड्रीम्स’ को सन्देश दिइएको थियो।

नेपालमा सुजुकी गाडीहरू अत्यधिक लोकप्रिय छन्। उत्कृष्ट माइलेज, नवप्रविधि, न्यून सञ्चालन खर्च तथा सशक्त सर्भिस सञ्जालका कारण सुजुकी नेपाली उपभोक्ताबीच एक अग्रणी रोजाइ बन्न सफल भएको कम्पनीले जनाएको छ।
शोरुम संचालनकै दिन बिहिबार इटहरीका पुरुषोतम काफ्लेले पेटोल र विद्युतबाट चल्ने गाडी खरिद गरेका थिए । काफ्लेलाई कार्यक्रमका अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले चावी हस्तान्तरण गरेका थिए । कार्यक्रममा व्यवसायी ईश्वरी पराजुली लगायतको उपस्थिती रहेको थियो ।



 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        