इटहरीः साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टचार गरेको मुद्धामा ३ बर्ष अघि बिषेश अदालतबाट दोषी ठहर भएका रामधुनीका खगेन्द्र बस्नेतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । 

 विशेष अदालत काठमाण्डौको २०७९।०५।२८ गतेको फैसला अनुसार रामधुनी नगरपालिका वडा नं ७ बस्ने बर्ष २९ को खगेन्द्र बस्नेतका विरुद्ध रासायनिक मल हिनामिना गरी भ्रष्टचार गरेको मुद्धामा २ बर्ष ६ महिना कैद र नौ लाख अट्ठाईस हजार छ सय पचहत्तर रुपैया  जरिवाना फैसला सुनाएको थियो । 

फैसलापछि बस्नेत फरार रहि लुकी छिपि बस्दै आएका थिए ।   खोजतलास गर्ने क्रममा गोप्य सुचनाको आधारमा बस्नेतलाई आइतबार बिहान साढे ७ बजे निजकै घर आसपासबाट प्रहरीले पक्राउ गरी  जिल्ला अदालत सुनसरीमा उपस्थित गराउन लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।