इटहरीः कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने जनाएको छ । 

क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको छ ।

इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उनले जानकारी दिएका छन् । इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ । जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ ।

साथै सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर बारेसमेत जानकारी लिन सक्ने अध्यक्ष राईले जानकारी दिए ।

cf6381bc-f2d9-4324-8305-59304dff92c9 1