गाईघाटः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो व्यक्तिगत स्वार्थमा विकासको परिभाषा हुने गरेको बताएका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले मङलबार आयोजना गरेको दोस्रो प्रदेश महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो स्वार्थको काम नहुँदा विकाशै भएन भनेर एकथरिले भ्रम फैलाइरहेको बताएका हुन् । 

‘सबै जना आउँदा आफ्नो घर अगाडिको बाटो मन्दिर चाहियो भन्दै आउनुहुन्छ, बालबालिका समाजको लागि कोही आउनुभएको छ रु आफ्नो अगाडिको बाटो नबन्दा विकाशै भएन भनेर प्रचार भइरहेको छ ।’ उनले भने ‘सूचना र प्रविधिको यो समयमा कोशी प्रदेशले विकाशको गतिमा फड्को मारिरहेको छ । दिगो विकासका लागि हामीले कोशी प्रदेशमा मानवीय विकासबाट सुरुवात गरिसकेका छौँ ।’

photo 2 2

मुख्यमन्त्री कार्कीले उत्पादन भनेको समान मात्रै नभई जनशक्तिलाई दक्ष बनाउने अभियान पनि भएको उल्लेख गरे । ‘बाजा बजाउन जान्ने मान्छे भयो भने बाजा चाहिन्छ । त्यसको लागि पहिरन चाहिन्छ, मान्छे दक्ष भएन भने कसरी त्यसको उत्पादन कहाँ हुन्छ रु त्यस कारण हामीले मानवीय विकासलाई अगाडि बढाएका छौँ ।’ मुख्यमन्त्री कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको उल्लेख समेत गरे । 

‘भाषा कला र संस्कृतिको उत्थान, बढाउ व्यापार कृषि र पर्यटन’ भन्ने नाराका साथ आगामी १० दिनसम्म चल्ने महोत्सवमा स्टल नि सुल्क उपलब्ध  गराएर स्थानीय उत्पादनलाई बढवा दिएको आयोजक संस्थाका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए । कोरोनापछि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।