सुनसरीः सुनसरीको ईनरुवा नगरपालिका ४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरि माघ २९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर ५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते दिउँसो पक्राउ गरेको हो । 

BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा  सवार रहेका साफीलाई रोकेर चेकजाँच  गर्ने क्रममा गाडी  भित्र बिभिन्न  भागमा लुकाई छिपाई राखेको अवस्थामा  नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान( एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००)  बरामद भएको थियो । 

4068a150-13ff-4dfa-af9b-a3a21f421a12

ठुलो परिमाणमा नेपाली  नक्कली नोट बरामद भएसंगै गाडी सहित चालकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।