धरानः   चिकित्सक कर्मचारीको बढुवाको विषयलाई लिएर लामो समयदेखि बन्द रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा नियमित हुन थालेको छ । 

अदालतको आदेश र नागरिक दवाव पछि चिकित्सकहरुले आन्दोलनलाई जारी राख्दैं स्वास्थ्य सेवा भने सुचारु गरेका छन् । विरामी उपचार तथा ओपिडी सेवा नियमित भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए । डाक्टर सापहरुले आन्दोलनलाई पनि जारी राख्नु भएको छ । र अस्पतालको सेवा प्रवाहमा पनि नियमित गरिरहनु भएको छ । अधिकृत साहले भने । 

आइतबार धरान १८ नं वडाध्यक्ष नरेन्द्रकुमार राईको नेतृत्वमा दवाव र्यालीसमेत गरिए पछि अस्पतालको सेवा नियमित सुरु भएको बताइएको छ । नागरिक स्तरबाट प्रतिष्ठानको सेवा सुचारु गर्न र चिकित्सक कर्मचारीहरुको समस्या समाधान गर्न दवाव दिइएको थियो । 

प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले स्वास्थ्य सेवा नियमित रहेको बताएका छन । इमेरजेन्सी सेवा, वाडहरुको सेवा तथा ओपिडी सेवा सुचारु रहेको उनले बताए । बढुवा नहुने केही चिकित्सकहरुले मात्र अवज्ञा गनुृ भएको र अन्य प्राध्यापक चिकित्सकहरुले नियमित काम गरिरहेको  उनले जानकारी दिए । प्रतिष्ठानका कायममुकाय उपकुलपति प्राडा प्रल्हाद कार्कीले प्रतिष्ठानका काम नियमित भइरहको बताए । चिकित्सक र कर्मचारीहरुको बढुवा समस्या कानुनी प्रक्रिया पुरा गरेर समाधान गरेरै छाड्ने उनले विज्ञप्ति नै जारी गरेर  प्रतिवद्धता व्यक्त गरे । 

यता शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पनि गत माघ ७ गते नै संयुक्त विज्ञप्ति जारी गरि आफुहरुले प्रतिष्ठानका काममा कुनै अवरोध नगरेको पटक पटक प्रशासनसँग भएको सहमति कार्यन्वयन नभए पछि कार्यन्वयनको दवावका लागि भद्र आन्दोलन गरिरहेको बताए । शिक्षक कल्याणा समाजका अध्यक्ष डा। सेराज खान र कर्मचारी कल्णाल समाजकी अध्यक्ष कविता ढकालले विज्ञप्ति जारी गरि बढुवा गर्ने विषयमा गत कात्तिक २० गते भएको सहमति कार्यन्वयन गर्न आन्दोलन जारी राखेको तर सेवा बन्द नगरेको स्पष्ट पारे ।  अस्पतालजस्तो अत्यावश्यक सेवा बन्द गरेको, जनताको मौलिक अधिकार हनन गरेको भन्ने सन्देश प्रवाह गलत भएको भनी जारी विज्ञप्तिमा भनिएको छ । 

लामो समयदेखि बढुवा प्रक्रिया प्रशासनले गर्दा मारमा परेका चिकित्सकहरु आफ्नो अधिकारका लागि आन्दोलन मै उत्रनु परेको थियो । पदाधिकारीहरुसँग बढुवा प्रक्रिया सुचारु गर्ने पटक पटक सम्झौता भए पनि नगरिए पछि चिकित्सकहरु काम छाडेर आन्दोलनमा थिए । उपकुलपतिको कार्यकक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वमले तालाबन्दी गरे पनि उच्च अदालतले ताला खोल्न आदेश जारी गरेको थियो ।