विराटनगरः  काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङकाे ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशाेसिएशन काेशी प्रदेशकाे कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका इञ्जिनियरहरूले प्रयाेगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेकाे बताएका हुन् ।

´जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्ताे दिने किनकी अहिले सर्वसाधार्णकाे दैनिकी नै इञ्जिनियरकाे हातमा छ तर त्याे दिन सकेका छाैं,` उनले भने, ´इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेकाे अभ्यासले बनेकाे इतिहासले राम्राे र फरक इञ्जिनियर बन्न सक्दैन।`

नेपालकाे शिक्षा कमजाेर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले याेगदान गरिरहेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् । ´काेशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्रि गर्न अब प्रयाेगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ,` उनले भने, ´प्रदेशमा भइरहेकाे विकास निर्माण कामकाे गुणस्तरीय परीक्षण गरेर इञ्जिनियरहरूले प्रयाेगात्मक अध्ययन सुरू गराैं ।`
image (9)

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भाैतिक निर्माण कार्यकाे गुणस्तरी परीक्षण गरेर रिपाेर्ट दिई प्याेगात्मक अभ्यास गर्न आग्रह गरेकाे मुख्यमन्त्री मार्कीकाे भनाइ थियाे । ´तुइन मैत्री प्रदेश निर्माणमा इञ्जिनियर पढ्ने विद्यार्थीलाई प्रयाेगात्मक अभ्यास गरेर इञ्जिनियरिङ विधामा नयाँ नमूना प्रस्तुत गराैं त्यसकाे लागि प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे छ,` उनले भने, ´तर अहिलेका इञ्जिनियरहरू कार्यालय प्रमुख कहाँ गएर ६० प्रतिशत कमिशन दिन्छु, डीपीआरकाे काम दिनु भन्दै मागेर त्यसबाट भएकाे फाइदाले बेलुका टुच्च लगाएर भ्रष्टाचारी नेता मरी जा ! भनेर समाजिक सञ्जालमा लेख्छन् ।` के यस्तै इञ्जिनियरले समाज परिवर्तन गर्न सक्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका थिए ।

´हावा र फ्राेस्रा कुरामा लाइक र कमेन्ट गरेर समय बिताउनु भन्दा प्रदेश कसरी बन्छ, प्रविधिमा कसरी याे प्रदेश अघि बढ्छ भन्ने विषयमा इञ्जिनियरलगायतका प्राविधिकहरूले साेच्ने बेला आएकाे छ,` उनले भने, ´प्रदेश बनाउने विषयमा अध्ययन, अनुसन्धानकाे क्षेत्रमा काम गरेर नयाँ सिद्धान्त प्रतिपादन गर्ने विद्यार्थीका लागि प्रदेश सरकारले बजेट विनियाेजन गर्छ ।