तारा पोख्रेल
इटहरी उपमहानगरले यो आ.वा २०८०/८१ अत्यधिक बढाएको सम्पती कर र अन्य कर घटाउने चेष्टा देखिदैन । उपमहानगरको सम्पती कर र अन्य कर बढाउने बेला जति बढाउनु पर्ने हो त्यो नबढाइ मेयरले आफुखुसी आर्थिक बर्षको अन्तमा झुक्याएर कर बढाएको राजस्व परामर्श समितिकी अध्यक्ष एबम उममेयर संगिता चौधरी बताइन ।

उपमेयर मात्र होइन अर्का एकजना वडा अध्यक्ष एबम कार्य पालिका सदस्य भिष्म कुमार घिमिरे पनि उपमेयरले भने जस्तै मेयरले आफुखुसी बढाएको बताए । उपमेयरको भनाइ अनुसार राजस्व परामर्श समितिले बढाउनु पर्ने बजेटको खाका तयार गरि मेयरलाइ बुझाएको थियो । त्यो बजेटमा मेयरको रुचि नमिलेर त्यतिकै थन्क्याइ अर्को बजेट तयार गरिएको थियो या अन्तमा हतार हतार आफ्नो इच्छा अनुसारको बजेट तयार गरिएको हुनुपर्छ ।

बजेट तयार गर्ने बेलामा कोरिया घुम्न पाँच जनाको टोलि गएका थियौ । काठमाडौ आएर पनि १५ दिन मेयर काठमाडौमै बसेको र बजेट बनाउने समय घर्क्याएर इटहरी आएका थिए । जब इटहरी आए तब बजेट तयार गर्ने छलफलको बैठक लम्ब्याउने त्यो पनि नभए अर्कै एजेन्डामा समय लगाउने, बजेटको समय आएपछी समय सकियो भनी बैठक अन्त गर्ने काम गरियो ।

असारको अन्तमा बजेटमा छ्लफल गर्दा त्यो अहिलेको कर वृद्धिको खाका नदेखाएको , छलफलको लागि कार्यपालिकामा सदस्यहरुलाइ खाकाको प्रती नबाडेको हुनाले अध्यन गर्न नपाएको , बजेट राम्रो र तपाइहरुले भनेजस्तै आउँछ भन्दै मेयरले टार्दै जानुभयो । असारको अन्तिम दिन बेलुका ७ बजे कार्यपालिकाको आकस्मिक बैठक बोलाएर अब भोलि देखि बजेट आउनु पर्छ नत्र खर्च गर्ने रकम हुदैन आज बजेट पास गरौ बाकी छलफल गरेर अरु कुरा पछि टुङ्ग्याउ भनेपछी कार्यपालिका सदस्यहरुले मेयरलाइ बिश्वास गरि ब्लेङ्क बजेटमा हस्ताक्षर गर्यौ । पछि थाहा भयो कि वहाले बढाएको करलाई त्यही हामिले हस्ताक्षर गरेको माइन्युटमा समायोजन गरेर आएपछी हामी छ्क्क पर्यौ ।

उपमेयरको भनाइ अनुसार हामिलाइ झुक्याएर बजेट पास गर्न लगाइयो । हामिलाइ धोका मेयरले दिए । आगामी दिनमा यस्तो उधारो काम कहिलै गर्दैनौ । यसो भनेर एमालेले छुट चाहिँ पाउदैन । मेयर र एमाले बिच कुनै डिल भएर पछि नमिल्दा मेयरले क्रस गरे पछि एमाले बिच्किएको पनि हुन सक्छ । किनभने हामिले बजेटमा के लेखिएको थियो नहेरी ब्लेङ्क बजेटमा सहमती दियौ भन्ने भर्सन दिन एमालेलाइ सुहाउदैन । मेयरको जिकिर चाहिँ एमालेका वडा अध्यक्षहरु वडाको बजेट चाहिने सिलिङ्ग ३ करोड माग्ने अनि बजेट ब्यबस्थापन कसरी गर्ने त ? बजेटको लागि कर वृद्धि त गर्नै पर्यो ।

मेयरले करको दायरा बढाउनुको साटो त्यही बिद्दमान करको श्रोतलाइ थप गरेका छ्न । एमालेले पनि बजेट बनाउदा नै ख्याल गर्नु पर्ने थियो । अहिले आएर हामीलाई मेयरले झुक्याए भन्नू लाजमर्दो कुरा हो । यो बिबादमा हामिले कर तिर्ने कि नतिर्ने ? मेयर कर नघटाउने भनी चट्टान भएर उभिएका छ्न । यो भनिरहदा एमालो जस्तो कागको फूल चोर्ने पार्टी कसरी झुक्किए जस्तो लाग्छ तर मेयर हेमकर्ण ती भन्दा चौगुणा चलाख छ्न । त्यसमा ह मा ह मिलाउने काम कठपुतली कार्यकारी प्रमुख मेहेताले गरे । कार्यकारी प्रमुख इटहरीको नितिगत भ्रष्टाचारमा संलग्न भएका छ्न

। उनी मेयरले जता डोर्यायो उतै जाने नालायक प्रमुख हुन । लिखित र मौखिकमा फेल भएका कर्मचारिलाइ निरंतरता दिने भ्रष्ट कार्यकारी प्रमुख मेहेता नेपाल सरकारको पालिकाको लागि प्रतिनिधित्व गरेर अर्थ ब्यबस्थापन गर्ने कर्मचारी हो । कर्मचारी नियुक्तिको मनोमानिमा सहमती दिने र टेन्डर निकाल्न हतपत सुचनामा हस्ताक्षर गर्छ्न । ३ महिना नटिक्ने कार्यकारी प्रमुख यति लामो समय बस्नु भनेको कि मिलिभगत गर्दै कि रबर स्टाम भएर अडिएका हुन । पत्रकारले प्रश्न गर्दा सबै भन्नू पर्ने तपाईं को हो भनी दादागिरी शैलिमा भन्ने भ्रष्ट कार्यकारीले भ्रष्टाचारमा संलग्न छैनन भन्न कसरी सकिएला ? पत्रकारले उपमहानगरको सबै गतिबिधिको जानकारी लिने अधिकार छ । पत्रकारलाई मात्र होइन आम जनताले खोजिनिती गर्ने अधिकार छ । जबाफ दिन नचाहानु अर्थ भ्रष्टाचारमा संलग्न भएर हुनुपर्छ ।

औषधि सप्लाइको टेन्डर , कक्षा ६ सम्मका सरकारी बिद्यालयका ८०२८ जना विद्यार्थीका लागि प्रती दैनिक ५३ रुपैयाको खाजा तोकेर ५ करोड ६६ लाखको रकम मासिक २२ दिनको लागि किटानी गरेको छ । स्कुल कति दिन लाग्छ र कति विद्यार्थी स्कुलमा आउछ्न भन्ने प्राय कसैलाइ थाहा हुदैन । अनि कुन आधारमा यति खान्छ्न भन्ने किटान गरेर यो खर्च निकालियो ? त्यतिनै विद्यार्थी आउछ्न भन्ने के ग्यारेन्टी ?यस्तो हचुवाको भरमा कमाइ खाने भाडो बनाएर हुन्छ ? सुचनाको हक अनुसार सुचना माग्दा २/३ दिनमा नदिएर सबै मेसो मिलाएर मात्र सुचना २/३ महिना पछि दिनुको अर्थ के हो ? यहाका कसैले पनि टेन्डर पार्दैनन र पारिदैन ।

आफ्नो भक्तिगान गाउने पत्रकारलाई मोटो रकम दिएर मुख बुझो लगाएर कुनै पत्रकार इटहरी उपमहानगरको बेतिथिको कुनै समाचार बनाउदैनन । मेयरको गलत कामको बारेमा लेख्नेलाइ पुर्बाग्रही तरिकाले तपाईं जेपायो त्यही लेख्नुहुन्छ भनी दबाउन खोज्छ्न । एउटा 3 D भन्ने छदमभेषी सस्थाको नाममा भुक्तानी हुदैछ भनी एकजना कार्यपालिका सदस्यले भन्दैथिए । यो 3D भन्ने सस्था कस्को हो भन्ने कुरा उठेको छ । कार्यलय अगाडिको मेयरको चेम्बर अनाहकमा बनाएर सेवाग्राहिलाइ पार्किङ असुबिधा छ ।

बाहिर बाटोमा सवारी साधन राख्न बाध्य छ्न । अहिलेको बजेट किताबको पेपर महगो छ जुन सधैको जस्तो छैन । एक बर्षको लागि मात्र प्रयोग हुने त्यो किताब महगो किन छाप्नु पर्यो ? त्यस्तो महगो छाप्नुको अर्थ के हो ? यसरी कहिले सम्म गर्ने मेयर ज्यू ? कर नघटाइ तपाइले त्यसै पेलेर लाने धृष्टता नगरे हुन्छ । आज पुर्ब मेयर र बर्तमान मेयरको तुलना मज्जाले गर्न सकिन्छ ।