इटहरीः द्धन्द्धकालमा अभिभावक गुमाएका विद्यार्थीहरु अध्ययन गर्ने इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा सञ्चालित शहिद स्मृति आवासिय माध्यामिक विद्यालयलाई मंगलबार सभ्य समाज निर्माण केन्द्र नेपालले खेलकुदका सामाग्रीहरु प्रदान गरेको छ । 

विद्यालय हाताभित्र मंगलबार एक कार्यक्रमका बीच प्रेमपुर्ण प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ र सभ्य समाज निर्माण केन्द्र नेपालकी अध्यक्ष कमला कार्कीले व्यवस्थापन समितिलाई ती खेलकुदका सामाग्री प्रदान गरेकी हुन  । 

केन्द्रकी अध्यक्ष कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र सहायक प्रधानाध्यापक रमेश खड्कालाई खेलकुदका सामाग्रीहरु प्रदान गरेकी हुन । 

प्रेमपूर्ण प्रताप फाउण्डेसन नेपालकी संस्थापक पदमा प्रधान मार्फत प्राप्त सहयोगबाट शहिद विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरिएको सभ्य समाज निर्माण केन्द्र नेपालकी अध्यक्ष कार्कीले जानकारी दिइन । 

55baa44b-39d1-41e8-a6cd-003766e7521a

सभ्य समाज निर्माण केन्द्र नेपालले शहिद विद्यालयलाई फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, क्रिकेट ब्याट, क्रिकटको बल, भलिबल नेट , जाली , टेबल टेनिसका सामाग्री , ब्याडमिन्टनका सामाग्री प्रदान गरिएको हो । 

सामाग्री हस्तान्तरण गरिएपछि व्यवस्थापन समितिका अध्यक्ष गिरीले केन्द्रको कार्यप्रति आधार व्यक्त गर्दै खेलकुद सामाग्री प्राप्त भएसँगै विद्यालयमा अध्ययन गर्ने ३ सयबढी विद्याथीहरुले राहत प्राप्त गर्ने बताए । उनले विद्यालयको अवस्था र संचालन विधिका बारेमा पनि जानकारी गराएका थिए । 

कार्यक्रममा सभ्य समाज निर्माण केन्द्र नेपालकी अध्यक्ष कार्कीले विद्यालयको माग अनुसार आवश्यक तयारी गरेर मात्र सामाग्रीहरु प्रदान गरिने जानकारी गराएकी थिइन । इटहरीको शहिद विद्यालयले पनि माग अनुसारकै खेलकुद सामाग्रीहरु प्रदान गरिएको उनले बताइन । उनले केन्द्रले द्धन्द्ध पिडितहरु, महिला, दलित र पछाडि पारिएका समुदायका नागरिकहरुलाई विना स्वार्थ सकेको आवश्यक सहयोग गर्दै सामाजिक सेवामा निरन्तर लागि रहेको कार्कीले जानकारी गराइन । 

ddc2c7b5-4719-4078-b844-431756fc3953

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रमेश खड्का, माओवादी केन्द्रका नेता शिब डाँगी, शहिद स्मृति आवासिय विद्यालयका कोषाध्यक्ष राम कार्की, माओवादी केन्द्रकी इटहरी उपमहानगर सह सचिव शुसिला उप्रेती , युवा नेता नवराज मैनाली लगायतको सहभागीता रहेको थियो ।

सभ्य समाज निर्माण केन्द्र नेपालले यसअघि जिरीमा सञ्चालित शहिद स्मृति आवासिय विद्यालयलाई बिभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिसकिएको केन्द्रकी अध्यक्ष कार्कीले जानकारी दिइन । 

72d12051-9eaf-4de5-9d90-125d7af472bf

अब बाँकी ३ वटा शहिद विद्यालयलाई पनि माग अनुसारको सामाग्री प्रदान गर्ने तयारी गरिरहेको कार्कीले बताइन ।  केन्द्रले सामुदायिक विद्यालयहरुलाई पोशाक वितरण, क्यान्सर  पिडितलाई आर्थिक सहायता, द्धन्द्धकालमा घाइते र अपांग भएकाहरुलाई आर्थिक सहयोग, दलित, जेहेन्दार र अतिविपन्न समुदायका छोराछोरीलाई विद्यालयमा छात्राबृति प्रदान गर्नुका साथै  विभिन्न समाजिक कार्यहरु गर्दै आएको कार्कीले बताइन । केन्द्रले गर्ने सबै खालका सामाजिक कार्यमा प्रेमपुर्ण प्रताप फाउण्डेशनकी संस्थापक पदमा प्रधानले बिषेश सहयोग प्रदान गर्दै आएको कार्कीले जानकारी दिइन ।