कार्तिकको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले पशुपति परिसमा क्षमा पूजा गरेको छ । क्षममा पूजामा फिल्मका निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा लेखक खगेन्द्र लामिछाने, नायिका स्वस्तिमा खड्का, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए । 

फिल्मका लेखक तथा निर्माता लामिछानेले फिल्मको छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनेर क्षमा पूजा गरिएको बताए । उनले भने–‘मान्छेबाट जान अन्जानमा गल्ती हुने भएकाले यदि त्यसो भएको भए भोलीका दिनमा कुनै क्षती नहोस् भनेर क्षमा पूजा गर्ने चलन रहेछ । हामीले, पनि सोही काम गरेका हौं ।’

फिल्मकी नायिका स्वस्तिमा खड्काले भनिन्–‘मैले धेरै फिल्मको छायांकन मन्दिरमा गरेकी छु । तर, पहिलो पटक क्षमा पूजा गरेकी हुँ । कहिले पनि नगरेको काम गर्दा नयाँ अनुभव हुने रहेछ ।’

फिल्मको टिम पशुपति क्षेत्रमा हरेक दिन हुने आरती पूजामा सहभागी भएको थियो । फूलपातिको दिनबाट रिलिजमा आउने यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, माओत्से गुरुङ, लोकेन्द्र लेखक, मिश्री थापा लगायतका कलाकारको अभिनय छ । यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ । मेरो फिल्मबाट