काठमाडौँः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूजा आजाको नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि अतिक्रमणको दुर्नियत राखेको बताएका छन । 

शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर सम्मानित नेता खनालले उक्त टिप्पणी गरे। जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालका कुटी, नापी र कुञ्जी जस्ता स्थानहरूलगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भू-भाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भू-भाग हुन् भन्ने कुरा इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध छ। तर, भारतका शासकहरु ती नेपालका प्रिय भू भागमाथि एकपछि अर्को अतिक्रमण गर्दै आइरहेका छन्।जबर्जस्त कब्जागर्ने दुर्नियतले चलिरहेका छन्। त्यसैको पछिल्लो कडी हो, प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण हो।’

यस्तो छ,नेता खनालद्वारा जारी प्रेस विज्ञप्ति 

यहि असोज २५ गते विहिबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री श्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए। त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ।

कुटी,नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग हुन् भन्ने कुरा इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध छ। तर भारतका शासकहरु ती नेपालका प्रिय भू-भाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन। त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण।

के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो रु के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन रु त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ “चुच्चे नक्सा” पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसदभित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन १ हाम्रो पार्टी वर्तमान गठबंधन सरकारबाट यी प्रश्नहरूको जवाफ चाहन्छ।

सम्पूर्ण देशभक्त जन समुदायहरु १ नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ। हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ। तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन। अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो। त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ। समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ।

यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको भ्रमणको अर्थ के हो? यसको वास्तविकता के हो? नेपाल सरकार त्यस बारेमा जानकार छ कि छैन? त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो? हाम्रो परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ? यी सम्पूर्ण कुराको यथार्थ जनसमक्ष ल्याउन हाम्रो पार्टी वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गर्दछ।

मिति: २७ असोज २०८० 
                                                                   

        झलनाथ खनाल
        पूर्वप्रधानमन्त्री
    तथा
           सम्मानित नेता तथा विदेश विभाग प्रमुख          

   नेकपा 'एकीकृत समाजवादी'