काठमाडौँः नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य अशेष घिमिरेले वर्गीय सुशासनका निम्ति समाजवादी जागरण अभियान सुरू गरिएको बताएका छन। 

यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरू गरिएको अभियानको १४औं दिन कञ्चनपुरको पुनर्वासमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता घिमिरेले उक्त कुरा बताएका हुन। उनले भने, ‘हामीले चाहेको सुशासन वर्गीय सुशासन हो। यहाँ अधिकांश मान्छेहरूका लागि वर्तमान अवसथामा सुशासन छैन। छ त केवल केही सिमित मान्छेका निम्ति छ। अहिलेको रोजगार सिमित वर्गका लागि मात्रै हो।’ 

शिक्षा किन्नुपर्ने अवस्था रहेको बताउँदै नेता घिमिरेले आम जनताका लागि शिक्षा र स्वास्थ्य हुनुपर्छ भनेर अभियानले आह्वान गरिरहेको बताए। उनले भने, ‘हाम्रो शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको छ। तर, हाम्रो देशको शिक्षा र स्वास्थ्य खरिद विक्रि भइरहेको छ।’