धरानः  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र शिक्षक काठमाण्डौ प्रस्थान गरेपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । 

आज विहान  प्रतिष्ठानका शिक्षक र  चिकित्सकहरु  कुलपति तथा प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्री भेट्नको लागि  काठमाण्डौं प्रस्थान गरेपछि सेवा प्रभावित भएको हो ।

चिकित्सक शिक्षक विहानै काठमाण्डौ प्रस्थान गरेपछि ओपीडी सेवाको लागि विल काट्न समेत ढिलो गरि खुलेको थियो । विरामीहरुले उपचार गर्नको लागि समस्या भएको गुनासो गरे । 

 प्रतिष्ठानका पदाधिकारीहरुले सहमति गरेपनि कार्यांन्वयन गर्न नसकेको र असक्षमता प्रकट गरेको कारण काठमाण्डौं जानबाध्य बनाएको समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । 

गत भदौ २४ गते समाजसँग पदाधिकारीहरुले अवरुद्ध भएको बढुवा प्रक्रिया एक महिनाभित्र सुचारु गर्ने सहमति भएपनि कार्यान्वयन नभएपछि आफुहरु काठमाण्डौ जान वाध्य भएको खानले बताए  । 

असोज २६ गतेभित्र प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले पनि ठोस निष्कर्ष ननिकालेमा प्रतिष्ठानका शिक्षकहरुले सामुहिक राजिनामा दिने तयारी रहेको छ  ।