इटहरीः  झापाको अर्जुनधारा नगरपालिकाले कार्यालयकी एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ जाने  स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई  जिम्मेवारीबाट मुक्त गरेको छ । 

एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारी भकुरेको भिडियो समाजिक संजालमा भाइरल बनेको थियो । भिडियो भाईरल बनेसँगै देशभरीका संचारमाध्यममा समाचार प्रकाशित भएको थियो । 

सामाजिक संजालमा भिडियो भाईरल हुनुका साथै समाचारले व्यापकता पाएपछि नगरपालिकाले तत्कालै स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई ३ दिन भित्र लिखित जवाफ पेस गर्न भन्दै जिम्मेवारीबाट हटाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमालले बताए ।

बस्नेत नगरपालिकाकै महिला कर्मचारीसँग ‘डेटिङ’मा जंगल गएको र उनकी श्रीमतिले रंगेहात पक्राउ गरेको भन्ने कुरा आएकाले ती महिला नगरपालिकाकै कर्मचारी भए नभएको स्पष्ट नभएकाले छानविन थालेको रिमालले बताए । बस्नेतसँग फेला परेकी ती महिला नगरपालिकाकै कर्मचारी भएको पुष्टि भए उनलाई पनि कानून अनुसार नै कारवाही हुने रिमालले बताए । उनको जवाफपछि के कस्तो कारवाही गर्ने भन्ने निचोडमा नगरपालिका पुग्ने रिमालले बताए । 

यस्तो थियो घटना 

झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई उनकी श्रीमतीले परस्त्रीसँग जंगलमा डेटिङ गरेको भन्दै भकुरेको भिडियो सार्वजनिक भएको थियो ।

बस्नेतले पालिकाकै एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारेकी थिईन।

नगरमा कार्यरतसिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि बस्नेतलाई लछार पछार पर्दै भकुरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएको थियो ।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।

स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसंग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्थ्यो।

पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।

यसअघि दमकनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ निरौला, माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो ।

योसँगै अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।