बिर्तामोडः अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ ।

नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो ।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।

स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ ।

पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।यसअघि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरु निरौला, माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो ।