इनरुवाः सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको  स्वास्थ्य सेवा गाउँघरमा पुरयाउने र विभिन्न अभिभानमा योगदान गरेको भएपनि स्वास्थ्य स्वयमसेविकालाई उपेक्षा गरेको भन्दै काम गरेको पारिश्रमिक सुविधा दिनुपर्ने माग गरेका छन् । देवानगञ्जकी महिला स्वास्थ्य स्वयमसेविका समूहकि अध्यक्ष ४५ वर्षिया किरणदेवी मेहताले आफूहरुले संचालन गरेको गाउँ किल्निक बापतको चिया नास्ता साथै भत्ताको माग गरिन । 

उनका अनुसार कुनै पनि कार्यक्रममा सहभागि गराउने र महिनामा तथ्यांक संकलन गरेर दिएवापतको शुल्क नमिल्दाँ समस्या भएको हो । अर्का स्वयमसेविका ४० वर्षिया कविता मेहताले स्वयमसेविकाहरु प्रत्येक नागरिकको घरघरमा गई सेवा दिएको तर काम गरेको पारिश्रमिक नपाउँदा काम गर्न नै जागर मर्न थालेको गुनासो पोखिन । आमा समुहको बैठकमा २५ जनालाई बोलाउँदा कार्यक्रममा आउन मान्दैन, आएकालाई चिया जाखाँ समेत दिँदैन त्यसैले सबलाई भत्ता उपलब्ध गराउन अनुरोध गरेको भएपनि सुनुवाई नभएको बताइन । सुत्केरी महिलालाई स्यहारसुसार गर्न जादाँ, सहयोगीको भुमिकामा जादाँ सम्भव नभएपछि बिरामी लिएर बिराटनगर जादाँ यातायात खर्चसम्म नदिएको गुनासो मेहताले पोखिन ।

अर्का स्वयमसेविका ३५ वर्षिया सगिरा खातुनले प्राथमिक उपचार गर्न घरघर पुग्छौ तर स्थानीय सरकारले स्यवमसेविकाको लागि केही सुविधा नदिएको गुनासो गरिन । आफूहरुको टाउँकोमा काम मात्र थग्ने गरेको तर त्यस बाप्तको सेवा सुविधा नदिएको गुनासो उनीहरुले गरेका छन । यता देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले सुविधा नदिने कुरा पहिलो पटक सुनेकोले प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसंग बुझेर नदिएको भए दिन लगाउने बताए ।