इटहरीः निकै संघर्ष र त्यागपछि इटहरीको पत्रकारिता क्षेत्रमा स्थापित अग्रज पत्रकार कृष्ण भट्टराई भुल्केलीका एक मात्र छोरा निर्माण भट्टराईको सोमबार २२ बर्षकै उमेयर दुःखद निधन भयो । 

कलेज पढ्ने आएका उनले पत्रकार भट्टराईको परिवारले कल्पना नै गर्न नसकेको आत्माहत्याको बाटो रोजेर देह त्याग गरे । जसकारण यतिबेला पत्रकार भट्टराईको परिवारमा सहन नसक्ने ब्रजपात परेको छ । 

आफ्ना प्यारो छोरा निर्माणलाई सम्झिदै पत्रकार भट्टराईले सबैलाई रुवाउने स्टाटस आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । उनले छोरा र परिवारका सबै सदस्यसँग आफुले खिचेका तस्विर समेत हालेर फेसबुकमा सबैलाई रुवाउने स्टाटस हालेका हुन् । 

पत्रकार भट्टराईको सबैलाई रुवाउने स्टाटस यस्तो छः-

हुर्किएको, भरोसा गरेको मुटुको टुक्रा अकस्मात धुवाँ र खरानीमा परिणत गर्नु पर्यो, ज्योतिषिले भन्थे यो छोरो धेरै भाग्यमानी छ । यो छोरो असल मान्छे बन्छ । २०५९ साल पुस २७ गते नेपाल समाचारपत्रको १९ औ वार्षिकोत्व मनाएर राती ९ बजे कोठामा फर्किदा तिम्रि मामु अइया अइया भनिरहेकि थिइन । मैले तत्काल रेडक्रसको एम्बुलेन्स बोलाएर बिपि प्रतिष्ठान धरानको गाइनो वार्डमा पुर्याएको करिव ४ घण्टापछि पुस २८ गते बिहानको ३ बजेर १६ मिनेटमा तिम्रो धर्ति आगमन हुँदा तिम्रि मामु र म जति खुसि भएका थियौं । हिजो विहान विश्वकर्मा पुजा गर्न आउ बाबू भनेर बोलाउन जाँदा जुन अवस्थामा तिमी थियौ मेरो लागि संसारै अन्धकार भयो । म भन्दा पनि मामुसँग २४ घण्टामा १६ घण्टा सँगसँगै हुने तिमिलाई मामुले गर्ने माया त तिमिले बुझेकै थियौँ , म पनि त तिम्रै भविष्यको लागि दिन रात आफ्नो पेशामा तल्लिन थिए ।

आफ्ना सन्तानको लागि कसले पो भलाई नसोच्ला मैले पनि तिमी र तिम्रि दिदिकै भविष्यका लागि दुःख गरि रहेको थिए । मलाई केही चिन्तित देख्दा चिन्ता नगर्नु बाबा म छु नि भन्ने तिमिले तिमिलाई परेको समस्या किन मलाई भनेनौ ? मलाई भन्न गार्हो भाको भए मामुलाई भनेको भए पनि त हुने थियो । नभए तिम्रो सबै समस्या बुझ्ने दिदी भिनाजु पनि हुनुहुन्यो । यति धेरै सहयोगि आत्मियजन हुँदा हुँदै तिमिले कसरी आँफुलाई एक्लो महशुस गरेउ र आँफुलाई गलत निर्णय तर्फ डोहोर्यायौ ? म फिल्डमा गएको बेला गाडि विग्रियो वा चाँबि हरायो भने भाइ यस्तो भयो भन्दा बाबा म आउँछु सहयोग गर्न हजुर लोकेशन दिनु चिन्ता नगर्नु भनेर तुरून्त, स्पेयर चाँबि र मेकानिक्स लिएर पुग्थ्यौ मलाई मेरो असल छोरो छ भनेर कति गर्व थियो । अब त्यस्तो समस्या पर्दा मलाई कसले सहयोग गर्ला । आखिर मैले तिमिले मागेको कुरा मेरो बल बुताले भ्याएसम्म पूरा नगरिदिएको पनि त हैन ।

पछिल्लो पटक तिम्रो त्यस्तो कुनै डिमाण्ड पनि मलाई भनेका थिएनौं । म विश्वकर्मा पूजा पछि ड्राईभिंग सिक्न जान्छु भन्दा २ गते देखिनै जानू म कुरा गरिदिन्छु भनेकै थिए । २ गते  नै नआई किन त्यस्तो निर्णय गर्यौ । घरभरि तिम्रा शुभचिन्तकहरू हुँदा हुँदै कसरी खुसुक्क निर्णय गर्यौ । जीवनमा मेरो आँखाबाट यसअघि यति धेरै आँसु कहिल्यै बगेको थिएनन् । जुन तिम्रो वियोगले वगि रहेकाछन् । झन तिम्रि मामुको हालत के होला अस्ति शुक्रवार राती मामु सिकिस्त बिरामि हँदा मामुलाई अंकमाल गर्दै मामु म हजुरलाई छोड्न सक्दिन भनेको कसरी २ दिनमै सदाका लागि छोडेर जान आँट गर्यौ । प्रत्येक विहान बेलुकै मलाई बाबा औषधी खाने बेला भयो खाई हाल्नु त भनेर तातो पानी ल्याएर कसले देला । बेलुका खाना खाने बेला हुन लागो छिटो आउनु है भनेर कसले भन्ला ? अब तिम्रि मामु तिम्रो अभावमा कसरी दिन बिताउँलिन ? तिमिले केही कुरा सोचेनौ । मैले तिम्रो भावना बुझ्न नसकेरै तिमिले त्यस्तो निर्णय गर्यौकि ?  तर तिमिलाई बाबाको कामको वाध्यता पनि त थाहा थियो नि त्यहि भएर म बाबाले गरेजस्तो कामचाँहि गर्दिन फरक काम गर्छु भन्थ्यौ तर तिमिले गरेको निर्णयले तिम्रा म, मामु र दिदी,भिनाजु मात्र हैन सारा आफन्त जन शोकमा डुब्नु भएको छ । तिमिले छोटो समयमै हामिलाई माया मारेर गयौ, आत्माले शान्ति पावस, स्वर्गमा वास होस । मैले यो भन्दा बढि केही भन्न सकिन बाबू ।

उनको यो स्टाटसले परिवार, आफन्त र समग्र इटहरीमा परेको शोकलाई स्पष्ट पारेको छ । मृतक निर्माणको आत्माले शान्ति पाओस् , उनि प्रति हार्दिक श्रद्धाञ्जली । अनि, पत्रकार भट्टराई सहित उनको परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन , यहि छ समवेदना ।