काठमाडौंः जीवनलाई सार्थक बनाई देश सेवामा आफुलाई समाहित गर्ने ठूलो सपना बोकेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ घर भएका तुलसी उप्रेती संघर्ष गर्नका लागि हङकङ हानिएको दश बर्ष बढी नै भयो । 

व्यावसायमा दख्खल राख्ने उप्रेतीले छोटो समयमै कर्मथलो हङकङलाई बनाई नेपालमा समाज सेवा र व्यावसायका क्षेत्रमा हात अगाडि बढाएका छन्।

कडा परिश्रमसहित कमाएको रकम जम्मा पार्दै विश्वबजारमा चलेको अनलाइन व्यावसायमा उनको ध्यान केन्द्रित भयो। चीनले गरेको व्यापारिक फड्कोसँग निक्कै लालयित भएका उनले नेपालमा पनि अनलाइनमार्फत ‘अलीबाबा’को जस्तो व्यापार गर्न सकिने प्रक्षेपण गरे।

‘हामी प्रविधिको उपयोग गरिरहेका छौं, दुनियाँले यसलाई व्यापार बनायो, हामीले किन सक्तैनौं भन्ने लागेरै मैले पनि अम्बाला एसीया प्रालीमार्फत यस्तै व्यापार अगाडि बढाउने निधो गरें’, उनी सुनाउँछन्।

त्यसैले त त्यसका संस्थापक ज्याक माको एउटा भनाईलाई उप्रेतीले अर्जुनदृष्टि बनाएका छन् । ‘यदि मैदानमा भएका नौ वटा खरायोमा एउटा समात्नु छ भने एउटा मात्र ध्यान देऊ’ भन्ने ज्याक माको सन्देशअनुसार उनी व्यावसायतिर फक्रिन चहान्छन्।

‘संसार व्यापारिक दृष्टिमा चलिरहेको छ । यो दुनियाँमा भएका जति पनि लडाई छन् व्यापारमा नै केन्द्रित छन्’, उप्रेती जोड्छन्,‘त्यसैले एउटा मानिसले पनि कुनै चिजमा ध्यान दियो भने सफल हुन सक्छ तर समयसँगको सान्दर्भिकतामा अगाडि बढ्नुपर्छ।’

नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिने तथा परिक्षण गर्ने गुणस्तरीय स्वास्थ्य सामग्री उप्रेतीको कम्पनी अम्बाला ग्रुप नेपालले चीनबाट झिकाएर पठाएको थियो।

यसमा उनले दुईवटा कुरा देखेका छन्– एउटा मुलुकको सेवा । अर्को, सेवावापतको सामान्य मुल्यको उपयोग ।

कोरोना भाइरसको रोकथाम, परिक्षण र सहयोगमा खटिनेका लागि पिपीई, सर्जिकल मास्क, पिसीआर मेसिनलगायतका सामग्री विश्व स्वास्थ्य संगठनले प्रमाणिकरण गरेका गुणस्तरमा रहेका छन्।

‘नेपालको स्वास्थ्य क्षेत्रलाई मजबुद बनाउनका लागि प्रभावकारी सामग्री पठाउने तथा ल्याउने काममा हामीले कुनै सम्झौता गर्ने छैनौं’, उप्रेती भन्छन्,‘अहिले स्वास्थ्य सामग्री कम भएका कारणले नै परिक्षणमा पनि तिव्रता नभएको गुनासो नहुनेगरीका सामग्री तयार छन्।’

AG_Express1694414037

कम्पनीले चीनबाट यस्ता सामग्री झिकाउँदै आएको छ । सर्जिकल, मेडिकल प्रडक्ट, प्रडक्ट सोर्सिङमात्र होइन, पेमेन्ट ह्यान्डलिङ, कस्टम क्लियरेन्सलगायतका काममा पनि सहयोग गर्न सक्ने अध्यक्ष उप्रेतीले जानकारी दिए।

‘सहज जानकारी लिन र सम्पर्कमा आउनका लागि हाम्रो सामाजिक सञ्जालको अम्बाला एसीयाको पेजमा पनि जान सकिन्छ। यहि बेला समन्वय र सहकार्य गरी मुलुकलाई महामारीबाट चाँडो भन्दा चाँडो मुक्ति दिलाउन सक्नेगरी योगदान दिन खोजेका हौं’, उप्रेती भन्छन्।

यसबाहेक नेपालमा चलेका अभियानले केही सफलता प्राप्त गरोस् भन्ने उनको चाहना छ। यसैले राष्ट्रिय अभियानमा जोडिएका दुर्गा प्रसाईलाई हङकङमा बोलाएर एउटा कार्यक्रम गरेका उप्रेतीलाई थाहै नदिई एउटा मिडियाले नाम जोडिदियो। यसको पनि उनले प्रक्रियागत हिसाबले खण्डन गरेका छन्।

एक विज्ञप्ति जारी गरी उनले एक अनलाइनमा प्रकाशित समाचारमा आफ्नो र कम्पनी नाम जोडेको भन्दै आपत्ति जनाएका हुन्।

उनले आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन्,‘अनलाइन समाचार पोर्टलमा ‘दुर्गा प्रसाईँ हङकङमा हुन्डीवालाको घेराबन्दीमा१’ शीर्षकको समाचारप्रति ध्यानाकार्षणसहित आपत्ति जनाउन चहान्छु।’

विज्ञप्तिमा  ‘हङकङमा रहेका नेपालीका लागि सार्वजनिक उपस्थितिको सहजता रहँदा कार्यक्रममा को आए वा आएनन्, कसको काम के हो भन्ने विषयमा आयोजकले खोजीनीति राख्ने कुरा आएन। तर, हुन्डीवालाको घेराबन्दी भनी नाम र तस्बिरसहित अम्बाला ग्रुप अफ कम्पनी र एजी एक्सप्रेस कार्गो हङकङ’को बदनाम गर्ने बदनियतका साथ समाचार प्रकाशित गरिएका कारण मेरो व्यक्तिगतसहित संस्थागत क्षति भएको छ’ भनि उल्लेख गरिएको छ।