इटहरीः  इटहरीमा  सोमबारदेखि  निःशुल्क शव वहान र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निः शुल्क रुपमा सेवा दिने उदेश्यले इटहरी क्षेत्र भर निः शुल्क रुपमा सेवा विस्तार गरिने भको छ। 

नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरि निः शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए । 

  इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव वहान र घर देखि इटहरी अस्पताल सम्म निः शुल्क  संयुक्त रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ । 

376368831_303247872294264_102000736353610386_n

  नगर प्रमुख पौडेलले आफु निर्वाचित भए देखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा ब्यापक सुधार हुने बताए । इटहरीको जनता उपचारको लागि धरान इटहरी  जानु नपरोस भन्ने आफ्नो उदेश्य रहेको प्रमुख पौडेलले बताए । 

  पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निः शुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पौडेलले जानकारी दिए  । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।