भक्तपुरः स्वास्थ्य मन्त्री महोन बहादुर बस्नेतले सोमबार भक्तपुरमा रहेको शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण अस्पतालको निरिक्षण गरेका छन् । 

बिहान ९ बजेर ४९ मिनेटमा अस्पताल परिषर पुगेका मन्त्री बस्नेतलाई अस्पतालका प्रमुख कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ सहितको डाक्टर र प्रशासनका कर्मचारीहरुले स्वागत गरेका थिए । 

मन्त्री बस्नेतले अस्पतालको निरिक्षण अघि अस्पतालको तल्लो तल्लामा रहेको शहिद धर्मभक्त माथेमाको अर्धकदको शालिकमा खादा ओढाएर सम्मान व्यक्त गरेका थिए । 

शहिद प्रति सम्मान व्यक्त गरेपछि मन्त्री बस्नेतले मुटु रोग विभागको ओपिडि, ल्याब, मृगौला डायलसिस कक्ष, इमरजेन्सी कक्ष, सिटी , एमआर आइ, भिडियो एक्सरे कक्षको निरिक्षण गरेका थिए । 

370589055_1250444452333708_211457723707054619_n

भिडियो एक्स रे कक्षमा केही बिरामीसँग उनले गुनासाहरु सुनेका थिए । सो क्रममा विरामीहरले बिमा मार्फत उपचार गराउँदा अलिक बढी दुःख पाएकाले यसलाई सहज बनाउन अनुरोध गरेका थिए । मन्त्री बस्नेतले चाँडैनै सहज बनाउने बचन दिए । 

मन्त्री बस्नेतले त्यसपछि अस्पतालको अप्रेशन कक्ष , अप्रेशन गरि राखिएका बिरामीका कक्ष र प्रशासनिक कोठाह्ररुको पनि निरिक्षण गरेका थिए । उनले निरिक्षणपछि अस्पतालका प्रमुख श्रेष्ठ सहितको स्वास्थ्यकर्मी र प्रशासन तर्फबाट कर्मचारीहरुसँग छलफल गरेका थिए । अस्पतालका प्रमुख श्रेष्ठले अस्पतालले हालसम्म प्रगति विवरण पेश गरेका थिए । उनले अस्पतालमा बिरामीहरुको चाप अध्याधिक बढेको जनाउँदै जनशक्ति, आईसीयू कक्ष, भर्ना बेडको अभाव भएकाले बढाउन मन्त्रीलाई आग्रह गरेका छन् । साथै श्रेष्ठले अस्पतालले पछिल्ला दिनहरुमा कलेजो प्रत्यारोपणलाई पनि तिब्र गतिमा बढाएको जानकारी गराएका थिए । मन्त्री बस्नेतले अस्पताल र डाक्टरहरुले गरेको कार्यको प्रशंसा गर्दै अस्पतालमा आएका समस्यालाई चाँडो सम्बोधन गर्ने बचन दिएका थिए ।