इनरुवाः केही दिनदेखि पहाडी क्षेत्रमा परेको अबिरल बर्षासँगै कोशीमा पानीको बहाव धेरै बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका एकैपटक खोलिएको छ । रातीदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सवै ढोका खोलीएको हो । 

आज  बिहान ४ बजेदेखि अहिलेसम्म ब्यारेजमा प्रति सकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ । नेपालको इतिहासमा सवै ढोका तेस्रोपटक खोलिएको हो भने पानीको उच्च बहाव २५ वर्षपछि पुगेको हो । अहिले कोशी ब्यारेजमा आवतजावत पुर्णरूपमा बन्द गरिएको इनरुवाका पत्रकार राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।  ।