काठमाडौंः इटहरी निवासी रन्जिता प्रसाइको स्वर  रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की (कार्की जि)को  शब्द रचनामा गीत तयार गरिएको हो ।

विशाल निरौलाको  एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्रि एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।

गीतलाई गायिका प्रसाइको  युटुव च्यानल मार्फत हेर्न सकिन्छ ।सुरुमा अडियो निकाल्ने र केही समय पछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाइले बताइन् ।  गितमा धोका पाएपछीको वेदना पोखिएको र अहिलेको यङगर्सहरुलाइ टार्गेट गरिएको छ ।

प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

 गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।

स्यान्डिकुमार पन्डितको छायाँकन, एसडि हाउसको सम्पादन तथा सुवास शाहको गितमा निर्देशन रहेको छ । गितमा गायिका प्रसाइको प्रेमीका रुपमा कलाकार समीप निरौला र गायिका प्रसाइले  स्वयमले अभिनय गरेका छ्न ।