सानै उमेरदेखि कलाकारितामा जम्दै आएकी १८ बर्षीया ज्योति खड्कालाई यतिबेला भ्याई नभ्याई छ । उनलाई अभिनय, मोडलिंगका लागि भ्याई नभ्याई भएको भने होइन । यसबेला उनि अनभोग सिजन ९ मा प्रतिष्पर्धा सहभागी भएकाले व्यस्तता ह्वात्तै बढेको हो ।

काठमाडौंमा बसेर बिबिए दोस्रो बर्षमा अध्ययन गरिरहेकी बहुप्रतिाभाकी धनी ज्योति रंगकर्मी पनि हुन् । गुरुकुलबाट नाटकको बिषेश प्रशिक्षण लिइएकी उनि यतिबेला प्रतियोगितामा विजेता कसरी बन्ने भन्ने तर्फ नै व्यस्त भएकी हुन् । पढाई सहित वाककला, नृत्य, अभिनयमा उत्तिकै पोख्त उनि २६ नम्बर प्रतियोगिका रुपमा प्रतिष्पर्धा गरिरहेकी छन् ।
राजधानी मोडेल कलेजमा केही साताअघि भएको छनौटमा उनी मिस राजधानी घोषित भएसंगै उनको चर्चा ह्वात्तै बढेको छ ।

361273460_1006261134074102_2244634825311738918_n

आउस अफ फेसन नेपालले आयोजना गरेको अनभोग सिजन ९ नामक प्रतियोगितामा देशभरबाट ३२ युवती र २३ युवक भिडिरहेका छन् । उनिहरुलाई आयोजकले दैनिक बिभिन्न कृयाकलापहरुमा सहभागी गराईरहेको छ । साथै उनिहरुको क्षमताका आधारमा निर्णायकहरुले दिने अंक र भोटिंग माध्मबाट उपाधि जित्ने व्यवस्था रहेकाले ज्योतिले सबैलाई मतदान गर्न बिषेश अनुरोध समेत गरेकी छन् इटहरी स्थायी घर भएकी उनलाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आमा प्रशिद्ध गायिक अञ्जु गौतमले साथ र सहयोग गरिरहेकी छन् । गायिका गौतमले पनि सबैलाई आफ्नी छोरीलाई भोटिंग गर्न अनुरोध गरेकी छन् ।

३ वटा ठूला पर्दाका फिल्म र २ दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेकी ज्योति अभिनय, नृत्य र मोडलिंगमा नै आफ्नो भबिष्य देखेको बताउछिन् । उनका अनुसार आफुलाई फेसबुक, इष्टाग्राम मार्फत पनि लाईक र कमेन्ट गरेर पनि सफल बनाउन सकिने भएकाले सो गर्नका लागि पनि अनुरोध गरेकी छन् । खल्ती एपमार्फत भोटिंग पनि चलिरहेको उनले बताइन् ।

361299938_650265790319095_9144335008155277020_n

यहि आउने श्रावण २४ गते प्रतियोगिताको फाइनलका लागि यसबेला आयोजकले व्यक्तित्व विकासका तालिम, क्याटवाक, फेसन शो र मेकअपका कक्षामा सहभागी गराईरहेको उनले बताइन् ।

प्रतियोगितामा विजेता बनेमा २ लाख नगद पाउनुका साथै मोडलिंगका लागि एजेन्सीहरुसँगको सम्झौता, फोटो सुट र हाउस अफ नेपालको ब्राण्डएम्बेस्डर बन्न पाहिने उनले सुनाइन् । ज्योतिका अनुसार उनलाई मन पराउनेले खल्ती एपबाट यसरी मत दिन सक्छन् ।

Jyoti Khadka contestant no.26 face of House of Fashion Nepal (En Vogue season 9) मा उत्कृष्ट बनाउनको लागि लाईक सेयर भोटिङ गरि सहयोग गर्दिनु हुन हार्दिक अनुरोध गर्दछौं  । भोटिङ अबधी:असार 14 गतेदेखि साउन 24 सम्म रहनेछ। भोटिङ गर्ने तरिका : 1.खल्ती app डाउनलोड गर्नुपर्नेछ। 2.खल्ती app को load fund option मा गएर आफ्नो बैंकको खातामा fund load गर्नुपर्नेछ। 3.खल्ती app मा पैसा लोड भएपछि voting भन्ने option मा जानुपर्छ । 4.त्यहाँ Events भन्ने section मा House of fashion Nepal को option मा tap गर्नुपर्नेछ। 5.contestant no. 26 Jyoti khadka को voting option मा tap गरी हजुरहरुले vote गर्न सक्नुहुनेछ ।