सीता ओझा

काठमाडौ महानगरका प्रमुखले आफ्नो कक्षमा ग्रेटर नेपालको नक्शा राखे । यो भारती प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड भारतको नाममा ल्याएको सांस्कृतिक र अध्यामिक जम्बुदिप क्षेत्रभित्र सिन्धु सव्यताले ओगटेको भुमिसँग जोडिएका विषय थियोे । त्यो भारत बन्नु अघिको सव्यता र संस्कृतिको विषय थियोे र हो ।

यो अखण्ड भारतको विषयले जम्बुदिपका सम्पूर्ण राज्यको सार्वभौमसत्ता र स्वतन्त्र अस्तित्व हो या होइन ? प्रश्न गरिरहेको देखिन्छ ।
महानगरका प्रमुख बालेनले नजानेर होइन: राष्ट्रप्रतिको बफादार सिपाही / नागरिकले पद र शक्तिमा रहँदा आफुसँग जोडिएका नागरिकको र आफ्नो अभिमत जाहेर गरेका हुनसक्छन् ! यो अधिकार उनलाई छ ।
उनेले देखाएको राष्ट्रभक्तिको भावनाले उनको उमेर समूह,मतदाता,महानगरसँग जोडिएका नागरिक ,उनी भन्दा कम उमेरका युवाहरू र उनको काम पेसालाई सम्मान गर्ने संसारभरका नेपाली र अन्य समुदायमा देशभक्तिको भावनाको क्रान्तिकारी सोच विकास गर्यो र गर्दै पनि छ । यो कसरी नराम्रो भयो र ?
उनको देशभक्तिको क्रान्तिले विचार र सिद्धान्त खोजेर कुटनैतिक पक्षलाई जोड्न खोजेको पनि छैन । त्यो सन्दर्भ बालेनजीले संघीय सरकारलाई छोडिदिएका छन् । हेरौं संघीय सरकार यो विषयमा राष्ट्रिय मत बनाएर राष्ट्रिय हित र सार्वभौमसत्ता जोगाउन बोल्छ या बोल्दैन /लाग्छ कि लाग्दैन ?
काठमाडौ महानगरका प्रमुखभित्र देशभक्त बन्ने लक्षण छ होइन थियोे । त्यो कुरा र्याप साङ्गितिक यात्राका सबै अनुयायीहरूलाई थाहा छ र थियो।उनले गाएका हरेक र्यापहरूमा मुलुक भित्रको राजनीतिक र आर्थिकसामाजिक विचलन र विकृति जोडिएको देखिन्छ पक्षको विरूद्बको विद्रोह छ । त्यहि चेत यहाँ जोडिएको मात्रै हो ।
उनले हिन्दी चलचित्र- आदि पुरूषमा प्रस्तुत गरिएको सीताको जन्मभुमि भारत र नेपाल कुनै समय भारतको भुमि थियोे - भन्ने भनाइप्रति विशेष आपत्ति जनाएर भारतीय चलचित्र प्रसारणमा त्यो पनि महानगरपालिका क्षेत्रभित्र चेतावनीको सुचना दिँदै रोक लगाएको विषयप्रति लक्षित देखिएको थियोे ।यो राजनीतिक प्रतिशोधको विषय बन्न र हुन सक्दैन !बनाउनु हुँदैन ।
एउटा महानगरको प्रमुखसँग त्यो स्थानिय तहका नागरिकसँग जोडिएको समर्थनको जनमतको विचारलाई प्रतिनिधित्व गर्ने हक र विरोध गर्ने हक हुन्छ । -भन्ने विषय नबुुझे जस्तो गरेर प्रतिक्रिया दिनु त्यति सोभनिय र बान्छनिय हुदैन होला !
अब रह्यो अदालतको फैसलाको - राष्ट्रभक्ति त न्यायाधीशसँग पनि हुनुपर्छ होला नि ? राष्ट्रिय विभुतिसँग जोडिएको विषय राष्ट्रिय गौरवको विषय होइन र ? यस्तो संवेदनशील विषयमा महानगरपालिकाको प्रमुखसँग न्याय पुनरावलोकन गर्ने हक पनि त होला नि ?
नगरप्रमुखको कार्यक्षेत्र भएको भुमि खुला सिमासम्म जोडिएको छैन । जोडिएको भए त्यो भुमिको विषयमा पनि बालेनजीले बोल्ने थिए होला !
उनको कार्यक्षेत्रमा परेन भन्दैमा राष्ट्रिय गौरवसँग जोडिएको विषयमा प्रमुखले मत राख्न नपाउने भन्ने छैन ।
दलको कार्यकर्ताले जे जस्तो गरे पनि राम्रो हुने,स्वतन्त्र ढङ्गले निर्वाचित भएकोले उठ्न,बस्न यताउता फर्कन पनि सोध्नु पर्ने ? यो कस्तो चलन आयो ?
पदिय दायित्व पूरा गरिरहँदा राम्रो काम गर्नेलाई राम्रो भनौं ! राम्रो नगर्नेलाई नराम्रो नै भनौं ! राम्रो मानिसलाई नराम्रो राजनीतिक छत्रछायाको ओतबाट जोगाउँ ।
करोडौं नेपालीको राष्ट्रभक्ति भन्दा फरक छ र बालेनजीको राष्ट्रभक्ति ? राष्ट्रभक्ति पनि राजनीतिक र गैर राजनीतिक हुन्छ र ? यस्तो लाम्पसार परेर भारतले मिचेको नेपाली भुमि र असमान सुगौली सन्धि पुनरावलोकन गर्न सकिएला त ?
आफ्नो अगाडि उभियाएर आफ्ना सन्तानहरूले आफ्नै कुल बधु दौपदीको बस्त्रहरूण गर्दा थाहा नपाउने धृतराष्ट र राजसभाका सदस्य जस्तो क्रान्तिकारी नबनौ !
अहिले गणतन्त्रसम्म जोडिएर राजनीतिक परिवर्तनमा भुमिका खेल्ने दलहरू दौपदीलाई नङ्ग्याउने राजसभाका विद्वान,ऋषि महर्षि र धृतराष्ट्र बनिरहेछन्।
तत्काल दलहरू सहित सरकारको बन्द आँखा खुलोस् ।