इटहरीः स्थापना हुँदै सामाजिक दृष्टिले आफ्नो नाम धेरै स्थानमा फैलाउन सफल अल्टीट्युड क्बले विश्व वातावरण दिवसको अवसरमा सोमबार इटहरी १९ को ब्रम्हपुर खेलमैदानमा बृहत्त बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

क्लबका केन्द्रिय अध्यक्ष पिताम्बर तिम्सिनाको प्रमुख आतिथ्यमा भएको सो बृक्षारोपण कार्यक्रममा सहभागीहरुले बिभिन्न जातका ५ सयबढी विरुवाहरु रोपेका थिए । 

352519611_279973937840547_7172616623892582582_n

शसस्त्र प्रहरी बल बराहा बाहिनी कोशी प्रदेशका प्रमुख अन्जनी पोखरेल बिशिष्ठ अतिथिका रुपमा सहभागी भएका थिए । 

सो खेल मैदानलाई हराभरा बनाउने र खेलमैदान वरपरीको वातावरण सझा राख्नका लागि क्लब आवश्यक सरसफाईको कार्य गर्नुका साथै स्थानीय स्तरमा वातावराीय सरसफाईका लागि जनचेतना फैलाउने कार्य पनि निरन्तर गरिने उद्देश्य राखेर सो स्थानमा बृक्षारोपण गरिएको क्लबका केन्द्रिय अध्यक्ष तिम्सिनाले बताए । 

345248045_1271403876811949_8354273219747961759_n

बृक्षा रोपण कार्यक्रमसँगै सोही दिन वडा नम्बर १९ मा क्लबको वडा समिति पनि बनाइएको छ । स्थानीय जुझारु युवा भुवन राईको अध्यक्षतामा १५ सदस्सीय वडा क्लब गठन गरिएको हो । सर्व प्रथम इटहरीका २० वटै वडामा क्लबले वडा समिति निर्माण गरि युवाहरुलाई निरन्तर सामाजिक कार्य, विकास निर्माण,  वातावरणीय सरसफाई, शिक्षा र  खेलकुद क्षेत्रमा क्रियाशिल गराउने क्लबका केन्द्रिय अध्यक्ष तिम्सिनाले बताए । क्लबलाई विस्तारै देशव्यापी नै बनाउने योजना रहेको उनले सुनाए ।

345339515_297631669261196_3854019028737354375_n

क्लबले विना स्वार्थ सामाजिक कार्यका लागि योगदान दिने उनको भनाई छ । समाजलाई सकरात्मक मार्गबाट सगरमाथाको उचाईमा पुर्याउने क्लबको मुल उद्धेश्य रहेको उनले बताए । हरेक कुरालाई सकरात्मक रुपमा लिएर अगाडि बढ्ने उनले बताए । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी माधव काफ्ले, वडा नम्बर १९ का वडाअध्यक्ष श्रीनारायण चौधरीको समेत सहभागीता रहेको थियो । बृक्षा रोपण गरिएको स्थानलाई व्यवस्थित खेलमैदान र पार्क बनाउने योजनामा क्लब लागि परेको तिम्सिनाले जानकारी दिए । कार्यक्रममा क्लबका जिम्मेवार पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । 

351442618_196264822918478_5169128273741569535_n