इटहरीः इटहरी उद्योग वाणिज्य संघको आयोजना तथा इटहरी मदिरा ब्याब्सायी संघ सह आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २२८ पिन्ट रगत संकलन भएको छ । 

उद्योग वाणिज्य संघको आव्हानमा इटहरीका बस्तुगत संघ संस्था साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका वृहत सहभागितामा भएको रत्तदान कार्यक्रम इटहरी एरियामा भएका कार्यक्रम मध्येकै वृहत्त भएको बताइएको छ । आयोजक र सहआयोजक सहित झण्डै तीन दर्जन संस्थाको सहभागिता रहेको थियो । 

346134879_918017289268950_1584074442569081054_n

उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा इटहरी जेसिस, नागरिक समाज इटहरी, बुल ११ क्लव, मदिरा व्यावसायी, ग्रिल तथा स्टिल व्यावसायी लगायतले सक्रिय सहभागिता जनाएका थिए । रक्तदान कार्यक्रम आज सम्मकै भव्य भएको इटहरी रेडक्रस सोसाइटीका अध्यक्ष दिनेश भट्टराईले बताए । रक्तदान कार्यक्रमबाट २२८ पिन्ट रगत संकलन भएको मदिरा व्यासायी संघका भोला लुइटेलले जानकारी दिए । कार्यक्रम उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।